Like us!
Follow us!
Connect us!
Watch us!

भारतको अमृतसरमा भयानक दुर्घटना,रेलले  किच्दा ६५ जनाको मृत्यु ( फोटो फिचर )

शनिबार, ०३ कार्तिक २०७५, १४ : १७ मा प्रकाशित

भारतको अमृतसरमा भयानक दुर्घटना,रेलले  किच्दा ६५ जनाको मृत्यु ( फोटो फिचर )

अर्थ संसार,अमृतसर- भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर शहरमा दुई वटा रेलले किच्दा ६५ जना भन्दा बढीको मृत्यु भएको छ ।कयैन घाईते भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

अमृतसर शहरको दशहराको पर्वमा रावणको पुत्ला जलाउन भेला भइरहेकाहरुमा मानिसहरुको भीडमा दुईवटा रेल कुदेका थिए । उठिरहेकाहरु किच्दै रेल गुडेको थियो ।

शुक्रबार साँझ साढे ६ बजेतिर भएको यो घटनाका प्रत्यक्षदर्शीले रेलको लिक नजिकै भेला भएका मानिसहरूले भीडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन्।

स्थानीय पत्रकार रविंदर सिंह राबिनका अनुसार करिब सात हजार जना त्यो रावण दहन हेर्न भेला भएका थिए। जबकि त्यो ठाउँ दुई हजारभन्दा बढी मान्छे अटाउन नमिल्ने ठाउँ थियो।

रेल आउँदा लिकमै धेरै मान्छे बसेका थिए। कोही कोही रावण दहनको भिडियो मोबाइलबाट खिच्दै थिए। रावणको पुत्लामा आगो लगाउँदा मञ्चबाट मानिसहरुलाई पछाडि हट्न भनिएको थियो। त्यही कारण पनि धेरै मानिस पछाडि हटेर लिकमा पुगेका थिए।
प्रत्यक्षदर्शी अमरनाथ भन्छ्न, ‘रावणमा आगो लगाउँदा पटाखा पड्किरहेका थिए। यसैबीच एकदमसँग ट्रेन आइपुग्यो। कसैले ट्रेन आएको आवाज सुनेनन्। मैले दुई केटाहरुको हात तानेर उनीहरुलाई बचाएँ। मैले देखेँ २५-३० जनाको लाश बिछ्याइएको थियो। मैले ती लाशहरुलाई उठाएर अर्को ठाउँमा पुर्‍याएँ। मेरो हात रगतले रंगियो। भर्खरै मैले धोएर आएँ। यसमा कति मैले चिनेका मानिसहरु थिए।’

अर्का प्रत्यक्ष दर्शी अमित कुमारले भने , ’ट्रेन निकै स्पीडमा आयो। ट्रेनले हर्न दिएको थिएन। त्यो ट्रेनले त्यहाँ उभिएका सबैलाई किच्यो।’ उनको घर घटनास्थल नजिकै छ। घटनाको बेला उनी आफ्नो घरको छतमा थिए।

 

5bcaeb66e9242.jpg 5bcaeb66f0b17.jpg 5bcaeb67114e0.jpg 5bcaeb67600e9.jpeg 5bcaeb67779ef.jpeg 5bcaeb6797de7.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको