Like us!
Follow us!
Connect us!
Watch us!

‘कुटुमा कुटु’लाई यूट्यूबमा ८ करोड पटक हेरियो

शनिबार, ०३ कार्तिक २०७५, १४ : ४३ मा प्रकाशित

अर्थ संसार,नेपाली कुनै चाड पर्व छहिन होला जुन ‘कुटुमा कुटु’ नबजी पुरा हुन्छ । हो त्यही ‘कुटुमा कुटु’ लाई यूट्यूबमा ८ करोड पटक हेरिएको छ । 

नेपाली चलचित्र ‘२ रूपयाँ’को सुपर हिट गीत को यो भ्यूज आजसम्म कुनै पनि नेपाली गीतले युट्युबमा प्राप्त गर्न सकेका छैनन् ।

संगीतकार राजनराज शिवाकोटी लाई ‘कुटुमा कुटु’ ले एक अब्बल संगीतकार को दर्जा दिसकेको छ  । करिब १८ महिना अघि यूट्यूबमा सार्वजनिक गरिएको यस गीत बाट राजनराज शिवाकोटीले यो वर्षा थुप्रै अवार्डहरु पनि हात पारे सकेका छन् । मेलिना राई, राजन ईशानको साथमा शिवाकोटीको स्वरमा सजिएको गीतका कोरियोग्राफर भने कविराज गहतराजले गरेका हुन्।

कुटुमा कुटु’ लाई यूट्यूबमा ८ करोड पटक हेरिए सगै यस गीतका  गायक, संगीतकार तथा गीतकार राजनराज शिवाकोटीले सरस्वतीको अमूल्य प्रसाद संझदै आफैंमा हर्ष मनाउनु हुन संपूर्ण दर्शक स्रोताहरुमा आग्रह गरेका छन् ।

असिम शाहको निर्देशनमा तयार भएको ‘दुई रुपैयाँ’को यो गीतमा निर्देशक निश्चल बस्नेत, आशिफ शाह र नायिका स्वस्तिमा खड्काले नृत्य गरेका छन् ।

5bcaf1db7a3cc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको