Like us!
Follow us!
Connect us!
Watch us!
युवा सामुदायिक सेवा केन्द्रले १७ बालबालिकालाई संरक्षण दिएको छ

सडक बालबालिकालाई सहयोग गर्न च्यारिटी शो हुने

विहीबार, २१ पुस २०७३, १९ : ४८ मा प्रकाशित

सडक बालबालिकालाई सहयोग गर्न च्यारिटी शो हुने


अर्थ संसार
काठमाडौं–सडक बालबालिकालाई आश्रय दिँदै आएको युवा सामुदायिक सेवा केन्द्रले उनीहरुको आवास, स्वास्थ्य, खानपिनका लागि सहयोग जुटाउन राष्टिय नाचघरमा आगामी माघ ४ गते कालोपोथी चलचित्रको च्यारिटी शो गर्ने भएको छ । 

केन्द्रले स्थापना भएको २०६८ सालदेखि भरिया, मजदुर, यौनरोगजस्ता जोखिममा परेका मानिसहरुको मद्दत गर्दै आएको छ । संस्थाले २०७३  बैशाखदेखि बाल सेवा आश्रम चलाइ रहेको छ । उक्त आश्रमले १ सय २० जना सडक बालबालिकालाई सेवा दिइ सकेको छ । आश्रममा अहिले १७ जना सडक बालबालिका रहँदै आएको केन्द्रको परियोजना संयोजक ताराप्रसाद गुरागाईले जानकारी दिए । संस्थाले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा काठमाडांैलाई सडक बालबालिका मुक्त बनाउन अभियान थालेको छ ।

च्यारिटी शोमा बिशिष्ट ब्याक्तिहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको छ । च्यारिटी शोमा २००/५००/१००० रुपैयाँको टिकटको ब्यवस्था गरिएको गुरागाईंले बताए ।  कार्यक्रम संयोजक सन्ध्या बिडारीले संस्थाका ब्याक्तिहरुलाई सम्पर्क गरी टिकट खरिद गरेर बालबालिकालाई सहयोग गरिदिन अनुरोध गरिन् । बालबालिकालाई सहयोग गर्न चाहनेले मोवाइल नम्बरहरु ९८६०२४०१२०/९८५१०८५४१७ मा सम्पर्क गर्न आग्रह गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको