अर्थ संसार, काठमाडौं– हिमालयन उर्जा विकास कम्पनीको साधारण शेयर (आइपिओ) कात्र्तिक ६ गते अर्थात (मंगलबार) देखि निश्कासन हुने भएको छ ।
कम्पनीले स्थानीयवासीको लागि ९ लाख ९० हजार कित्ता आइपिओ निश्कासन गर्न लागेको हो । कम्पनीको अनुसार कात्र्तिक ६ गतेदेखि निश्कासन भएको आइपिओ छिटोमा कार्तिक २० गते र ढिलोमा मंसर ५ गतेसम्म निश्काशन हुनेछ ।
यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । उक्त आइपिओ निश्कासनको लागि नियामन निकाय सेवनबाट असोज २ गते स्वीकृती पाएको थियो ।
कम्पनीले आयोजना प्रभावित रामेछापको गोकूलगंगा गाँउपालिकाका २, ३, ४ र ५ वडा र दोलखाको जिरी नगरपालिका ३, तामाकोशी गाँउपालिकाको ५ र ६ तथा मन्थली नगरपालिका १३ का बासिन्दालाई शेयर बिक्री गर्न लागेको हो ।
आयोजना प्रभावित स्थानीयलाई अति प्रभावित र कम प्रभावितका रुपमा छुट्याएर क्रमशः ६० र ४० प्रतिशत शेयर बिक्री गर्न लागिएको हो ।
एक सय रुपैयाँ अंकित मूल्यका ती शेयरको बिक्री तथा बाँडफाँडपछि आम सर्वसाधारणलाई शेयर बिक्री गरिने आयोजनाले जनाएको छ ।
न्यूनतम ५० कित्ता र अधिकत्तम ४ हजार ९०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीले १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र ७ मेगावाट क्षमताको माथिल्लो खिम्ती दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाले आगामी चैत १ गतेदेखि व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।
कम्पनीका अनुसार माथिल्लो खिम्तीको लागत १ अर्ब ९१ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको छ भने माथिल्लो खिम्ती दोस्रोको लागत एक अर्ब २३ करोड २२ लाख ६० हजार रुपैयाँ रहेको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस