Like us!
Follow us!
Connect us!
Watch us!

उच्च क्षमताका प्रसारण लाइन र जलविद्युत् आयोजनामा चीनले लगानी गर्ने

बुधबार, ०७ कार्तिक २०७५, ११ : ४१ मा प्रकाशित

उच्च क्षमताका प्रसारण लाइन र जलविद्युत् आयोजनामा चीनले लगानी गर्ने

अर्थ संसार, काठमाडौं – चीनले उच्च क्षमताका प्रसारण लाइन तथा करिडोर र जलविद्युत् आयोजना निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

उसले ४ सय केभी क्षमताका प्रसारण लाइन र ठूला जलविद्युत् आयोजना निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले बताए ।

नेपाल—चीनसँग जोडिएको ४ सय केभी क्षमताको रसुवागढी—गल्छी—केरुङ अन्तरदेशीय प्रसारण लाइन, काठमाडौँ—केरुङ प्रसारण लाइन, कोशी करिडोर, कर्णाली करिडोर, भेरी करिडोर जस्ता उच्च क्षमताका प्रसारण लाइन निर्माण चिनियाँ लगानीमै बनाइने मन्त्री पुनको भनाइ छ ।

त्यसैगरी, ठूला र जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा पनि चीनले सहयोग गर्नेगरी सहमति भएको छ । खासगरी किमाथाङ्का, तमोर, कर्णालीलगायत अन्य ठूला जलविद्युत् आयोजना निर्माणमा सघाउने उसको भनाइ छ ।

यस्तै  विद्युत् लेनदेन गर्न उच्च क्षमताका ट्रान्समिसन लाइन र आयोजना निर्माणसम्बन्धी प्रस्ताव यसअघि नै नेपालले चीनसँग राखेको छ ।

यस्तै  सहुलियत ऋण, पुँजी तथा कोष स्थापनालगायतका विषयमा छलफलसमेत भएको थियो । जलविद्युत् आयोजना तथा प्रसारण लाइन निर्माणका लागि लगानी गर्न चीन तयार रहेको पाइएको मन्त्री पुनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको