Like us!
Follow us!
Connect us!
Watch us!

२६७ सहकारीको पाँच करोड लगानीमा खोलियो चितवनमा पेट्रोल पम्प

बुधबार, ०७ कार्तिक २०७५, १४ : ५१ मा प्रकाशित

२६७ सहकारीको पाँच करोड लगानीमा खोलियो चितवनमा पेट्रोल पम्प

अर्थ संसार, काठमाडौं–चितवन  जिल्लाका २६७ वटा सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्न लागिएको छ ।

भरतपुर महानगरपालिका–१० वाइपास रोडमा सहकारीको छाता संस्था जिल्ला सहकारी सङ्घ चितवनको नेतृत्वमा पम्प सञ्चालनमा आउन लागेको हो ।

सङ्घका अध्यक्ष टीकाराम भट्टराईका अनुसार पम्प निर्माणको काम सम्पन्न भएको र सकेसम्म तिहारमा सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको उहाँले बताउनुभयो । भट्टराईका अनुसार एउटा सहकारीले रु २५ हजारदेखि पाँच लाखसम्म शेयर लगानी गरेका छन् ।

सङ्घको आफ्नै जग्गामा पम्प खोलिएको हो । पम्प निर्माण समितिका संयोजक भक्तिराम अधिकारीका अनुसार पम्प निर्माणका लागि करीब रु पाँच करोड लगानी गरिएको छ ।

पम्पमा अपाङ्गमैत्री शौचालय, चमेनागृह, किराना पसल लगायतको सुविधा रहेको छ । अधिकारीका अनुसार एकै पटकमा आठ वटा सवारी साधनले इन्धन भर्न पाउने छन् । चार डिजल र चार पेट्रोलका सवारीले इन्धन भर्न पाउने उहाँले बताउनुभयो ।

एक लाख चार हजार लिटर क्षमताका ट्याङ्की रहेका छन् । जसमध्ये ६० हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल क्षमता रहेको छ । अधिकारीले डिजिटल विलिङबाट भुक्तानी गर्ने सुविधा राखिएको बताउनुभयो । तेल ढुवानीका लागि दुई ट्याङ्करसमेत खरीद गर्ने तयारी गरिएको छ ।

सहकारीको पम्प भएकाले निजी व्यवसायीको एशोसिएसनमा सदस्य नबस्ने र निजीको भन्दा सस्तो मूल्यमा इन्धन बिक्री गर्ने संयोजक अधिकारीले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको