Like us!
Follow us!
Connect us!
Watch us!

टुयूशन इन्टिच्यूटहरुले शेयर तालिमको नाममा पैसा उठाउँदै, धितोपत्र बोर्ड भन्छ - बुझेर मात्रै जानुस्

विहीबार, ०८ कार्तिक २०७५, ०५ : ०७ मा प्रकाशित

टुयूशन इन्टिच्यूटहरुले शेयर तालिमको नाममा पैसा उठाउँदै, धितोपत्र बोर्ड भन्छ - बुझेर मात्रै जानुस्

अर्थ संसार, काठमाडौँ - बजारमा पछिल्लो दिनमा शेयर तालिम भन्दै नागरिकलाई मूर्गा बनाउने खेल राम्रैगरी फस्टाएको छ ।

ट्यूशन इन्टिच्यूटहरुले शेयर तालिमको विज्ञापन सामाजिक सञ्जालदेखि विभिन्न पत्रपत्रिकामा समेत छपाएका छन् ।

उनीहरुले तालिम लिन चाहनेहरुलाई न्यूनतम रु एक हजारदेखि तीन हजार ३५०० सम्म उठाउने गरेका छन् । तर तालिम दिने भनिएका व्यक्तिहरु  आफै शेयर बजार र शेयरका सम्बन्धमा कुनै जानकारी नै नराख्ने खालमा व्यक्ति रहेका छन् ।

शेयरको बारेमा सामान्य ज्ञान समेत नभएका व्यक्तिहरुले अनाधिकृत रुपमा शेयर तालिम दिने भन्दै ठगी गरेको भन्ने गुनासो पनि आउने गरेको छ । शेयर तालिम दिने भन्दै सामाजिक सञ्जालमा विज्ञापन राखेका एक व्यक्तिलाई हामीले फोन गर्यौ र सोध्यौ, तपाईहरुले कस्तो तालिम दिनुहुन्छ ?

बसुन्धरा चोकमा कन्सल्टेन्सी चलाउने बताउने ती व्यक्तिले आफूहरुले नै तालिम दिने र आफ्ना प्रशिक्षक रहेको बताए ।उनले तालिम लिए वापत रु एक हजार शुल्क लाग्ने बताए ।

आइतबारदेखि शुक्रबारसम्म तालिम लिन पाइने भन्दै उनले पटक पटक प्रश्न सोध्दा समेत प्रशिक्षकको नाम बताउन चाहेनन् ।

यस्तै बानेश्वरको अर्को एक कन्सल्टेन्सीले समेत शेयर तालिमको नाममा तीन हजार ५०० शुल्क राखेर शेयर तालिम दिने सूचना सामाजिक सञ्जाल फेसबुकमा राखेको छ ।

छुट्टै प्रयोजनाका लागि कन्सटेन्सी दर्ता गरेर शेयर तालिम दिने भन्दै विज्ञापन गर्ने विषय नै मिल्दो रहेको छैन ।

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले शेयर तालिम लिने वा नलिने भन्ने विषयमा लगानीकर्ता आफैले विचार गर्नुपर्ने बताए । उनले बुझेर, विचार गरेर मात्रै त्यस्ता संस्थामा जान आग्रह गरे ।

उनले भने  तालिम सम्बन्धी विषय आफूहरुको कार्यक्षेत्रमा नपर्ने भएपनि लगानीकर्ता वा तालिमकर्ता आफै सजग हुनुपर्छ ।

जुन प्रयोजनाका लागि इन्टिच्यूट दर्ता भएको हो, सोही प्रयोजनमा मात्रै काम गर्नुपर्ने हुन्छ । तर मनलाग्दी तवरले शेयर तालिम भन्दै शुल्क लिने विषय गलत हो ।

बोर्डले तालिममा सहभागी हुने नहुने विषय नागरिकको व्यक्तिगत विषय भएपनि बुझेर मात्रै सहभागी हुन र अनावश्यक रुपमा पैसा र समयको नाश नगर्न समेत आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

तिहार अघि ११ वटा कम्पनीलाई साधारणसभा गर्न चटारो, यी कम्पनीले लाभांश दिदै (सूचिसहित) 

नेप्सेमा तीन कम्पनीको ५० लाख कित्ता शेयर सूचिकृत (सूचिसहित) 

स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले करिब २ करोडको आइपिओ बिक्री गर्ने 

उच्च क्षमताका प्रसारण लाइन र जलविद्युत् आयोजनामा चीनले लगानी गर्ने 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको