Like us!
Follow us!
Connect us!
Watch us!

दशैं सकियो, लगानीको अवसर आउँदै : कार्तिक १५ देखि तामाकोशीको १ अर्ब ५८ करोडको IPO आउँदै

विहीबार, ०८ कार्तिक २०७५, ११ : ०२ मा प्रकाशित

दशैं सकियो, लगानीको अवसर आउँदै : कार्तिक १५ देखि  तामाकोशीको १ अर्ब ५८ करोडको  IPO आउँदै

अर्थ संसार, काठमाडौँ –  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले एक अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर(आइपीओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ ।

दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाले यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, आयोजनाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरिसकेको छ ।

यस्तै, आयोजना प्रभावित दोलखाबासीका लागि गत साउन १६ गतेदेखि गत भदौ २१ गतेसम्म पहिलो चरणमा शेयर बिक्री गरिसकेको छ ।तेस्रो चरणमा आयोजनाले आम सर्वसाधारणका लागि १ करोड ५८ लाखख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरका लागि न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । धितोपत्र निश्कासन छिटोमा कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मंसिर १४ गतेसम्म हुनेछ ।

कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको