Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल–इजिप्ट चेम्बर अफ कमर्समा चाँपागाइ

शुक्रबार, २२ पुस २०७३, १३ : १८ मा प्रकाशित

नेपाल–इजिप्ट चेम्बर अफ कमर्समा चाँपागाइ

अर्थ संसार
काठमाडौं–नेपाल र अफ्रिकन मुलुक इजिप्टवीचको व्यापार आदानप्रदान  गर्ने र दुइ देशको आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यले नेपाल इजिष्ट चेम्वर अफ कमर्स एण्ड इन्डस्ट्रिज गठन भएको छ । अफ्रिकाको सवैभन्दा ठूलो आर्थिक समुन्नत राष्ट्र इजिप्टसँग द्विराष्ट्रिय उद्योग वाणिज्य संघ गठन हुनु आफैमा गर्वको विषय वनेको नेपाल इजिप्ट चेम्वर अफ कमर्स एण्ड इन्डट्रिजका अध्यक्ष अखिलकुमार चापागाईले वताए ।

चेम्वर सुभारम्भमा प्रमुख अतिथी उद्योग मन्त्री नविन्द्रराज जोशीले पछिल्लो पटक अन्तराष्ट्रिय मुलुकहरुसँग भइराखेको दुईदेशीय चेम्वर गठन प्रक्रियाले नेपाल र अन्य मुलुकसँगको व्यवशायिक भ्रमण आदान प्रदानदेखि वैदेशीक लागानी भित्र्याउने सवालमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले चेम्वरको भूमिका अझ सशक्त  रहने वताए ।

नेपालको इजिप्टसगको व्यापार घाटा वर्षेनी बढ्दै गएको छ । इजिप्टसँगको समग्र व्यापार घाटा ९९ करोड ९६ लाख रुपैयाँ रहेको छ । नेपाल र इजिप्टबीचको कुटनीतिक सम्बन्ध भने सन् १९५७ मा भएको थियो । नेपालबाट चिनी, कनफेक्सनरी, कार्पेट, मफलर, स्कार्फ उलन सललगायतका सामग्रीहरुको निकासी हुने गरेको छ । इजिप्टबाट क्रुड ,पेटोलियम, भिडियो, वायरलगाएतका सामानहरु आयात हुने गरेको छ ।
कायक्रममा नेपालका लागि इजिप्टका राजदूत बहरनबिल एम्डेल फत हेल्माइले नेपाल र इजिप्टबीचको दुई देशीय सम्बन्धको बारेमा प्रकाश पारेका थिए ।

चेम्बरको नव गठित कार्यसमितिमा अध्यक्ष अखिलकुमार चाँपागाई उपाध्यक्षहरुमा अनोज रिमाल, चाङ् अग्रवाल, महासचिब उमेश रायमाझी, कोषाध्यक्ष जयन्द्र चुडाल, सचिव जोत्सना श्रेष्ठ, शोभा ज्ञवाली रहेका छन् । यस्तै सदस्यहरुमा अनुजमणि तिमल्सिना, विनय उपाध्याय, खगेन्द्र सिटौला, जीवन भण्डारी, मिनमान श्रेष्ठ र पवन अग्रवाल रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको