Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर्राष्ट्रिय मुद्रा कोषले अजेन्टिनालाई ५६ अर्ब अमेरिकी डलर कर्जा दिने

आइतबार, ११ कार्तिक २०७५, १० : ५५ मा प्रकाशित

अन्तर्राष्ट्रिय मुद्रा कोषले अजेन्टिनालाई ५६ अर्ब अमेरिकी डलर कर्जा दिने

अर्थ संसार, वासिङ्टन– आर्थिक सङ्कटबाट अघि बढेको अजेन्टिनालाई दिइदै आएको कर्जालाई अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ५६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।

आइएमएफको कार्यकारी समितिले आर्थिक तथा मुद्रा गिरावटको सङ्कटलाई सम्बोधन गर्नका लागि ५.७ अर्ब तत्काल उपलब्ध गराएको तर यसको प्रयोगका लागि भने कडा शर्त अघि सारिएको जनाएको छ ।

अन्तराष्ट्रिय मुद्रा कोषले दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनालाई यही बर्षको जुन महिनामा ५० अर्ब कर्जा उपलब्ध गराउने सहमति जनाएको थियो । जसमध्ये १५ अर्ब डलर फिर्ता भइसकेको छ ।

राजनीतिक अस्थिरताका कारण पछिल्ला केही बर्षमा अर्जेन्टिनाले आर्थिक सङ्कटको सामना गर्दै आएको छ । ब्युनर्स आयर्सको तीब्र खर्चका कारण उसले थप आर्थिक सहयोगको अपेक्षासहित दातासँग पुनः हात फैलाउनु परेको हो ।

सबैभन्दा पछिल्लो किस्तासँगै अन्तर्राष्ट्रिय मुद्रा कोषले राष्ट्रपति माउरिसियो म्याक्रीको सरकारलाई यसबर्ष २० अर्ब डलर रकम निकाशा गरिसकेको छ । “चुनौतिपूर्ण वातावरणका बाबजुद सरकारले सक्रियताकासाथ आफ्नो नीति तथा कार्यक्रमलाई मजबुत बनाएको छ,” अन्तराष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिष्टिन लागार्डले जारी गरेको वक्तव्यमा उल्लेख गरेका छन् ।

आर्थिक सङ्कटका कारण निम्तिएको समस्याले गत अप्रिलदेखि अर्जेन्टिनी मुद्राको मूल्य अमेरिकी डलरसँग नियमित तथा तीब्ररूपमा खस्किँदो अवस्थामा रहेको छ । अर्जेन्टिनामा राजनीतिक अस्थिरतासँगै यस बर्ष देखिएको खडेरीका कारण यहाँको अर्थतन्त्रमा व्यापक गिरावट आएको हो ।

अर्जेन्टिनी मुद्रा पेसोको मुल्यमा यस बर्षको शुरूदेखि निरन्तर कमी आएकोे छ । पेसोको मूल्य अमेरिकी डलरसँग बर्षको शुरूको तुलनामा ५० प्रतिशतले कमी आएको छ । राष्ट्रपति म्याक्रीले अगस्टमा कर्जा बिषयमा आइएमएफसँग पुनः वार्ता गर्न खोजेको घोषणासँगै दुई दिनको समयमा नै अमेरिकी डलरसँग पेसोको मूल्य करिब २० प्रतिशतले घटेको थियो । रासस/एएफ्एपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको