Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो भयो एमालेसहित नौ दलको शक्ति प्रदर्शन

शुक्रबार, २२ पुस २०७३, १८ : १८ मा प्रकाशित

यस्तो भयो एमालेसहित नौ दलको शक्ति प्रदर्शन

अर्थसंसार 
काठमाडौँ– सरकारले ल्याएको संविधान संशोधन विधेयक राष्ट्रविरोधी भएको भन्दै  प्रमुख विपक्षी एमालेको नेतृत्वमा गठबन्धनका ९ दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन् । विरोधसभामा राजधानीका विभिन्न ४० भन्दा बढि स्थानबाट जुलुस निस्किएका थिए । उपत्यकाका १५ निर्वाचन क्षेत्रका निर्वाचन कमिटीले बेग्लाबेग्लै जुलुस निकालेका थिए ।

मुलुकका विभिन्न जिल्ला जिल्लाका सम्पर्क मञ्चहरु र अंचल सम्पर्क कमिटीले छुट्र्टै  जुलुस निकालेका थिए । परिवार दल, नेमकिपा, राष्ट्रिय जनमोर्चा र मालेले पनि बेग्लै जुलुस निकालेका थिए । रत्नपार्कबाट केपी ओलीसहित ९ दलका शीषै नेताको अगुवाइमा सुरु भएको मूल जुलुस पुरानो बसपार्क र भद्रकाली हुँदै सहीद गेट, न्यरोड गेट, भोटाहिटी, बागबजार र पुतलीसडक हुँदै प्रदर्शनीमार्ग आइपुगेपछि सभामा परिणत भएको थियो । सभागृह अगाडि विभिन्न दलका नेताहरु सम्बोधन गरिरहेका छन् । प्रदर्शनका कारण काठमाडौँका केही मुख्य ठाउँमा यातायात सेवा प्रभावित भएको छ । 
 
 

586f8f053405a.jpg 586f8f09b9b46.jpg 586f8f0d5b5d3.jpg 586f8f13500ef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको