Like us!
Follow us!
Connect us!
Watch us!

सर्लाहीमा नेकपा–कांग्रेसबीच झडप : गोली लागेर एकको मृत्यु

मंगलबार, १३ कार्तिक २०७५, १३ : १८ मा प्रकाशित

सर्लाहीमा नेकपा–कांग्रेसबीच झडप : गोली लागेर एकको मृत्यु

अर्थ संसार, सर्लाही– नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच सर्लाहीको  रामनगरमा मंगलबार झडप हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गाउँपालिका ४ मा बिहान साढे ८ बजेतिर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको थियो। झडपका क्रममा चलेको गोली लागेर कांग्रेस कार्यकर्ता ५० वर्षिय रामविलास महतोको ज्यान गएको छ।

घटनालाई नियन्त्रणमा लिन प्रहरीले पनि हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो।सोमबार नेकपा कार्यकर्ताले रामनगर ४ का वडाअध्यक्ष रामनरेश महतोलाई हातपात गरेको विषयमा झगडा भएको थियो। रामनरेश कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन्।

झडपमा परी कांग्रेसका ४ जना कार्यकर्ता घाइते भएको छन् । झडपका क्रममा भएको ढुंगामुढाबाट घाइते उनीहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

सर्लाहीबाट निर्वाचित कांग्रेस सांसद अमरेशकुमार सिंहले कूटनीतिक राहदानी दुरूपयोगमा दोषी भई सजाय भोगका पूर्वमाओवादी नेता शिवपुजन रायको संलग्नतामा वडाअध्यक्षमाथि आक्रमण भएको आरोप लगाए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको