Like us!
Follow us!
Connect us!
Watch us!

’काल मेरो साथी’ (भिडियोसहित)

मंगलबार, १३ कार्तिक २०७५, १३ : ५६ मा प्रकाशित

अर्थ संसार,काठमाडौं– पछिल्लो समय फरक किसिमको गीतसंगीत रचना र त्यसको भिडियोलाई निर्माण गर्दै आइरहेका गीतकार मनिष बसिस्ठले सर्ट फिल्म ’काल मेरो साथी’ लिएर आएका छन् ।

पछिल्लो समय पखेटा र मुखौटा जस्ता फरक शैलीको गीतपछि उनले यो सर्ट फिल्म लिएर आएका हुन् । यसमा रङ्गकर्मी जीवन भट्टराई र दिपेन्द्र शाहीको अभिनय रहेको छ । स्टोरी कन्सेप्ट अनुसार नै यी दुई भिडियोमा प्रस्तुत भएका छन् । यसको लेखनमा मनिषलाई रङ्गकर्मी  लक्ष्मी बर्देवाले साथ् दिएकी छिन । यसमा ब्याकग्राउण्ड स्कोर ऋदम कँडेलको रहेको छ भने यसलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् । यसलाई रुपेश खड्काले सम्पादन गरेका हुन् भने यसको निर्देशक निकेश खड्का हुन् ।

युजिक भिडियो निर्देशन हुदै फिल्म समेत निर्देशन गरिसकेका निकेशले यसलाई पृथकशैलीमा निर्माण गरेको  बताएका छन् । यसमा कालसँगको भेटलाई देखिएको छ । असन्तुष्ट कविले जीवनको उतराद्धमा भएपनि काललाई भेटेर रचना गर्ने कविता र काल प्रतिको मानसिकतालाई भिडियोमा विम्बको रुपमा चित्रण गरिएको छ ।  निकेश सर्ट फिल्म मार्फत निकै आश्वादी छन् ।  

निकेश खड्का :  पछिल्लो समय म्युजिक भिडियो भन्दा केहि फरक गर्ने प्रयास हो , यो सर्ट फिल्म । मैले धेरै भिडियोको निर्देशन गरे तर यो टिमसँग काम गर्दा फरक नै हुदै गयो । यहि टिमसँग मैले मुखौटा , पखेटा लगायतका भिडियो तयार गरिसकेको छु , जुन मेरो अन्य भन्दा फरक छ । यो पनि त्यसैको निरन्तरता हो । हामीले परिस्थितिलाइ सिम्बोलिक रुपमा देखाउने कोसिस गरेका छौ । भिडियोले एक किसिमको सोच सिर्जना गर्छ भन्नेमा आश्वादी छु ।

मनिष बसिस्थ : यसलाई सुरुवातमा गीत मात्र बनाउने कि भन्ने सोचाइ नआएको होइन तर  डेभलप हुदै गएपछि यसले सर्ट फिल्मको रुप लिएको हो । मेरो रचनामा तयार भएका अघिल्ला गीतहरु फरक नै छन् , जसलाई मैले युट्युब एमबी क्रिएसन मार्फत ल्याएको छु । दर्शकबाट आउनेप्रतिक्रियाले हामीलाई अगाडी बढ्न अझै हौसला मिल्छ भने मार्गदर्शन पनि पाइन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको