Like us!
Follow us!
Connect us!
Watch us!

किसानको ४६ करोड बढी बक्यौता राख्ने चिनी मिल सञ्चालक राकेश अग्रवाल पक्राउ

बुधबार, १४ कार्तिक २०७५, ११ : ५४ मा प्रकाशित

किसानको  ४६ करोड बढी बक्यौता राख्ने चिनी मिल सञ्चालक राकेश अग्रवाल पक्राउ

अर्थ संसार, काठमाडौं – उखु किसानको बक्यौता रकम नतिरीकन बस्ने चिनी उद्योगलाई कारवाहीको दायरामा ल्याउने तयारी सुरु गरेको छ ।

पटक पटक सरकारले उद्योगलाई बक्यौता रकम तिर्न निर्देशन दिएपनि तिर्न अटेर गरेको भन्दै कारवाहीको तयारी गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले उखु उद्योगी तथा व्यवसायी तथा चिनी मिल सञ्चालकको विवरण संकलन गरिरहेको र त्यसैक्रममा आज एक सञ्चालक पक्राउ परेका छन् ।  

गृह मन्त्रालयबाट प्राप्त विवरणमा इन्दिरा सुगर एण्ड एग्रो प्रालिको ८ करोड ५८ लाख ९९ हजार ४८१ बक्यौता रहेको छ ।

यस्तै अन्नपूर्ण सुगर मिल्स प्रालि सर्लाहीको  ३८ करोड ६८ लाख रहेको छ । उनीहरुले पटक पटक सरकारको आग्रहलाई अस्वीकार गरेको भन्दै कारवाहीको तयारी गरिएको थियो ।  

गृह मन्त्रालयले उनीहरुलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । उखु किसानलाई रकम तिर्न अटेर गरेको भन्दै किसान तथा सरोकारवालाले उजुरी गरेपछि गृहले मंगलबार पक्राउका लागि प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको थियो ।

गृहको निर्देशन लगत्तै प्रहरीले आज चिनी मिल सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले अग्रवाललाई आज पक्राउ गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको