अर्थ संसार, काठमाडौं - माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले १ अर्ब ५८ करोड बराबरको साधारण शेयर बिहीबारदेखि बिक्री खुल्ला भएको छ
दोलखाको लामाबगरमा निर्माणाधिन माथिल्लो तामाकोशी आयोजनाले यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, आयोजनाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरिसकेको छ ।
यस्तै आयोजना प्रभावित दोलखाबासीका लागि गत साउन १६ गतेदेखि गत भदौ २१ गतेसम्म पहिलो चरणमा शेयर बिक्री गरिसकेको छ । बुधबार स्थानीयवासीलाई विक्री गरेको शेयर बाँडफाँड समेत गरेको छ ।
तेस्रो चरणमा आयोजनाले आम सर्वसाधारणका लागि १ करोड ५८ लाखख ८५ हजार कित्ता शेयर बिक्री गरेको हो ।
उक्त शेयरका लागि न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । धितोपत्र निश्कासन छिटोमा कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मंसिर १४ गतेसम्म हुने छ ।
कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । शेयर बिक्री प्रबन्त्रकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस