Like us!
Follow us!
Connect us!
Watch us!

अटेरी कर्मचारीलाई पाता कस्दै प्राधिकरण

विहीबार, १५ कार्तिक २०७५, १२ : २० मा प्रकाशित

अटेरी कर्मचारीलाई पाता कस्दै प्राधिकरण

अर्थ संसार, काठमाडौं – सरुवा गरेको कार्यालयमा नगई अटेर गरेर बस्ने कर्मचारीलाई नेपाल विद्युत् प्राधिकरणले पाता कस्ने भएको छ ।

प्राधिकरणले विगतमा भएका सरुवा, पदस्थापना तथा काजमा खटिएका कर्मचारीलाई उनीहरुको दरबन्दी भएको कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।

प्राधिकरणले विगतमा केन्द्रीय कार्यालय, उप–कार्यकारी निर्देशक तथा क्षेत्रीय कार्यालय अन्तर्गत काजमा खटिएको अवधि पूरा भएपछि पनि पदस्थापना भएको कार्यालयमा कर्मचारी हाजिर हुन नआएपछि त्यस्तो निर्देशन दिनु परेको बताएको छ ।

सरुवा तथा पदस्थापना गरिएको कार्यालयमा कर्मचारीले हाजिर हुनुपर्नेछ । केन्द्रीय कार्यालय, उप–कार्यकारी निर्देशक र क्षेत्रीय कार्यलय अन्तर्गत काजमा खटिएर अवधि समाप्त भएका तथा सरुवा एवं पदस्थापना भएका सबै कर्मचारीले आगामी कात्तिक २८ गतेदेखि लागु हुने गरी ३ दिनभित्र सम्बन्धित कार्यालयमा फिर्ता आइसक्न निर्देशन दिइएको छ ।

तोकिएको अवधिभित्र कर्मचारी फिर्ता नपठाएमा उनीहरुलाई विभागीय कारवाही गर्ने केन्द्रीय कार्यालयले चेतावनी दिएको छ । यो निर्देशन कार्यान्वयनपछि व्यक्तिगत पहुँचका आधारमा आफु अनुकुल कार्यालयमा काजमा जाने र फिर्ता नआउने तथा सरुवा एवं पदस्थापनापछि पनि दरबन्दी भएको कार्यालयमा हाजिर हुन अटेर गर्ने परम्पराको अन्त्य हुने प्राधिकरणको दाबी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको