Like us!
Follow us!
Connect us!
Watch us!

गाईपालनबाट दुई लाख आम्दानी

विहीबार, १५ कार्तिक २०७५, १३ : २६ मा प्रकाशित

गाईपालनबाट दुई लाख आम्दानी

अर्थ संसार, पाल्पा– गाईपालन थालेपछि यहाँका युवाले मासिक रु ५० हजारदेखि रु दुई लाख आम्दानी गर्न सफल भएका छन् । तानसेन नगरपालिका–१२ चिनारीका टीकाराम रेश्मीले मासिक रु ७० हजारदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।

विसं २०६७ मा साउदी अरबबाट फर्केर गाईपालन व्यवसाय शुरु गर्नुभएका रेश्मीसँग हाल १७ गाई छन् । दश गाई दुहुना छन् । गाईले दैनिक ५० लिटर दूध दिन्छ । दूध बेचेको आम्दानीले पाँच जनाको परिवारको खर्च चलेको छ । गाईपालनबाट रेश्मी परिवार सन्तृष्ट छ ।

चिनारीका रुकवीर रेश्मी बराइनबाट फर्केर २०६७ सालदेखि गाईपालन गर्दै आउनुभएको छ । उहाँले मासिक रु डेढ लाख आम्दानी गर्दै आउनुभएको छ । रेश्मीले भन्नुभयो, “गोठमा ३२ उन्नत जातका गाई छन् । दैनिक ११० लिटर दूध उत्पादन हुन्छ ।’ चिनारीकै देवीबहादुर रानाले साइप्रसबाट फर्केर गाईपालन थाल्नुभएको छ ।

एघार मध्ये पाँच गाईले दैनिक ३५ लिटर दूध दिन्छन् । मासिक रु दुई लाखसम्म आम्दानी हुन्छ । गाईपालनसँगै उहाँले बहुबाली खेती थाल्नुभएको छ । चिनारीबाट दैनिक ५५० लिटर दूध तानसेन खपत हुँदै आएको छ । मासिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी हुन थालेपछि युवा गाईपालनतर्फ आकर्षित भएका हुन् । चिनारीका ३० परिवारले गाईपालन गर्दै आएका छन् । सो व्यवसायबाट यहाँका युवाले मनग्य आम्दानी गर्न थालेका छन् ।

5bdabca860f26.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको