Like us!
Follow us!
Connect us!
Watch us!

गणपतिको प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन, मुनाफा ४९ लाख

आइतबार, १८ कार्तिक २०७५, १२ : ३६ मा प्रकाशित

गणपतिको प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन, मुनाफा ४९ लाख

अर्थ संसार,काठमाडौं– गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक दिने प्रथम त्रैमासिक समिक्षा गोष्ठी  शनिबार सम्पन्न गरेको छ ।

होटल डे ब्रेक, वेगनास, पोखरामा भएको कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृतले संस्थाको यस आ.ब.को प्रथम त्रैयमासको लक्ष्य तथा प्रगति विवरणको अवस्था, हालका अवसरहरु, चुनौती तथा लक्ष्य प्राप्त गर्नका लागि संस्थागत भावी रणनीती बारे जानकारी गराएका थिए ।

साथै सम्पूर्ण शाखा प्रबन्धकले आ–आफनो शाखा कार्यालयको लक्ष्य प्रगती लगायतका सम्पुर्ण सुचकहरुमा समिक्षा गर्दै आगामी दिनहरुमा निर्धारित लक्ष प्राप्त गर्न तथा देखिएका समस्या तथा चुनौतीहरु लाई क्रमश सुधार गर्दै लैजाने प्रतिबद्धताका साथ प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन भएको थियो ।

तनहुँ को दुलेगौंडामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले २०७५ आश्विन मसान्त सम्मा १३ जिल्लाका २२ वटा शाखा कार्यालयहरु मार्फत ११,४०२ घर परिवारमा वित्तीय सेवा पुर्याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ६३ करोड ५ लाख २२ हजार रहेको छ । साथै वित्तीय संस्थाले हाल सम्म रु १५ करोड ३७ लाख बचत संकलन गरी खुद नाफा ४९ लाख ३९ हजार गरेको छ ।

यो पनि पढ्नुहोस्

एलआइसी नेपालको लाभांशमा बीमाको कैची, लगानीकतालाई ठक्दै एलआइसी 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको