Like us!
Follow us!
Connect us!
Watch us!

एलआइसी नेपालको शेयर धमाधम बेच्दै लगानीकर्ता, एलआइसीको ठगि धन्दा पर्दाफास

आइतबार, १८ कार्तिक २०७५, १६ : २७ मा प्रकाशित

एलआइसी नेपालको शेयर धमाधम बेच्दै लगानीकर्ता, एलआइसीको ठगि धन्दा पर्दाफास

अर्थ संसार, काठमाडौं– एलआइसी लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको शेयर लगानीकर्ताले धमाधम बच्न थालेका छन् । शेयर लगानीकर्तालाई बोनशमा झुक्याएसँगै लगानीकर्ताले धमाधम घाटा खाँदै शेयर बच्न थालेका हुन् ।

(आज) आइतबारको दोस्रो कारोबारलाई हेर्दा छर्लाङ्ग हुन्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अनुसार आइतबार मात्रै यस कम्पनीको शेयर ८९ रुपैयाँले घटेको छ ।

दोस्रो बजारमा आइतबार विहान १५८० रुपैयाँमा खुलेको यस कम्पनीको शेयर बजार बन्दा हुँदा १४९१ रुपैयाँमा भएको छ । दोस्रो बजारमा आइतबार सवै भन्दा धेरै घट्ने (नं. १ मा) एलआइसी लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड रहेको छ ।

एलआइसीको ठगि धन्दा पर्दाफास

एलआइसी लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले घोषणा गरेको लाभांशमा बीमा समितिले कैची लगाएसँगै कम्पनीको ठगि धन्दा पर्दापास भएको हो । आन्तरिक समस्याले ग्रसित यस इस्योरेन्स कम्पनीले शेयरधनी र आफ्ना ग्राहकलाई मख्ख पार्न साउन २४ गते ३६ प्रतिशत बोनश शेयर दिने घोषणा गरेको थियो ।

३६ प्रतिशत बोनश खाने दाउमा महँगो शेयर दोस्रो बजारमा लगानीकर्ताले शेयर उठाए । २०७५ कात्र्तिक १८ गते आइतबार एकाएक ३६ प्रतिश लाभांश बीमा समितिले स्वीकृति नदिएको भन्दै पुन १२ प्रतिशत लाभांश प्रस्ताव गरेपछि अहिले ती शेयरधनी आफूहरुलाई डुवाएको गुनासो गरेका छन् ।

कम्पनीमा इन्स्योरेन्स गर्न आउने ग्राहकको संख्या घटेपछि ग्राहक तान्न धेरै लाभांशको प्रस्ताव गरिएको लगानीकर्ताहरु बताउँछन् । ‘कम्पनीले आफ्नो फाइदाको लागि गरिएको झुटो प्रचारबाजीले लगानीकर्ता डुवेका छन’ लगानीकर्ता कृष्णहरी श्रेष्ठ भन्छ–‘ यस्ता कम्पनीलाई नियम नियकाले कारवाही गर्नु गर्नुपर्छ ।’

एलआइसी लाइफले अहिले गरेको १२ प्रतिशत बोनसको प्रस्तावले लगानीकर्ता माझ एउटा पश्न उठेको छ । त्यो हो–१२ प्रतिशत मात्रै लाभांश दिने सक्ने कम्पनीले किन २ गुण बढी लाभांश घोषणा गर्यो ? कतै, कम्पनीको पदाधिकारीमा नाफा कमाउने उदेश्यले धेरै लाभांश प्रस्ताव गरी दोस्रो बजारमा शेयरको भाउ बढाई बेच्ने र लगानीकर्तालाई डुवाउने खेल भैरहेको त छैन ? आम लगानी कर्ताको प्रश्न हो ।

5bded4096d67c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको