Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकोशीको आइपिओ भर्ने अन्तिम दिन आज

सोमबार, १९ कार्तिक २०७५, १३ : १६ मा प्रकाशित

अपर तामाकोशीको आइपिओ भर्ने अन्तिम दिन आज

अर्थ संसार, काठमाडौं – अपर तामाकोशी जलविद्युत् आयोजनाले कात्र्तिक १५ गतेदेखि निश्कासन गरेको साधारण शेयर (आइपिओ)मा आवेदन दिने सोमबार (कार्तिक १९ गते) अन्तिम दिन रहेको छ ।

१ अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री खुल्ला भएको छ ।  उक्त शेयरका लागि न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

अपर तामाकोशीको आइपिओमा झुमिए लगानीकर्ता, ३ दिनमा ४ अर्बको आवेदन 

दोलखाको लामाबगरमा निर्माणाधिन माथिल्लो तामाकोशी आयोजनाले यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, आयोजनाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरिसकेको छ ।

 गत साउन १६ गतेदेखि गत भदौ २१ गतेसम्म पहिलो चरणमा शेयर बिक्री गरिसकेको छ । गत बुधबार स्थानीयवासीलाई विक्री गरेको शेयर बाँडफाँड समेत गरेको छ । तेस्रो चरणमा आयोजनाले आम सर्वसाधारणका लागि १ करोड ५८ लाखख ८५ हजार कित्ता शेयर बिक्री गरेको हो ।
 
कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । शेयर बिक्री प्रबन्त्रकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।

यो पनि पढ्नुहोस्

अपर तामाकोशीको आइपिओमा झुमिए लगानीकर्ता, ३ दिनमा ४ अर्बको आवेदन

शेयर बजारमा मंगलबारदेखि प्रणाली लागू हुने, अर्थमन्त्रीले गर्ने भए उद्घाटन 

नीजि क्षेत्रले भन्यो -‘कानुन देऊ, विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन हामी बनाउँछौ’

नाफामा अब्बल बन्दै मुक्तिनाथ विकास बैंक, खुद नाफा २० करोड

सिद्धार्थ बैंकको प्रगतिमा छलाङ्ग 

एलआइसी नेपालको शेयर धमाधम बेच्दै लगानीकर्ता, एलआइसीको ठगि धन्दा पर्दाफास 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको