Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी कार्यालयको लाहप्रवाही, कर्मचारीको गल्तीले उठीवास

सोमबार, १९ कार्तिक २०७५, १६ : ०० मा प्रकाशित

सरकारी कार्यालयको लाहप्रवाही, कर्मचारीको गल्तीले उठीवास

हरिकुमार राई

अर्थ संसार, गाईघाट उदयपुर– नापी कार्यलयका एक कर्मचारीको गल्तीका कारण त्रियुगा नगरपालिका ४ बगाहाका एक परिवारको उठीवास हुने भएको छ ।

बाह्र वर्षअघि जिल्ला नापी कार्यालयका कर्मचारीले स्थानीयवासी मोहन गोलेको घरबार कद्माहा सडकखण्डको नाममा जग्गा दर्ता गरिदिएकाले उहाँको परिवार अहिले आफ्नो घरजग्गाबाट उठीवास हुने स्थितिमा पुुगेको हो ।

श्रीमतीसहित चारजनाको परिवर रहेका पीडित गोलेले बीस वर्ष अघि नै बर्रेको पुख्र्यौली जग्गा बिक्री गरेर बगाहामा घरसहित डेढ कठ्ठा भन्दा बढी जग्गा खरिद गरी बसोबास गर्दै आएको जानकारी दिनुुहुन्छ ।

साविकको देउरी गाविसको कित्ता नं ५५६ को उक्त जग्गा गाईघाट कद्माहा सडक खण्डभन्दा आधा किलोमिटर अर्थात् ५५० मिटर तल बगाहा गाउँमा पर्ने जग्गा सडकको नाममा दर्ता भएको पाएपछि आफू र आफ्ना परिवारको उठीवास हुने अवस्थामा पुगेको श्रीमती आशमाया बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ,“१२ वर्षअघि गाउँमा जिल्ला नापीबाट कर्मचारी आएका थिए, सोही बेला कर्मचारीले लापर्बाही गर्दा उक्त सडकखण्ड भन्दा टाढा गाउँको आफूहरुको घरजग्गा जग्गा सडकमा नापी दर्ता गरिदिएछन्, अहिले बल्ल आफूहरुले आफ्नो जग्गा बिक्री गर्न लाग्दा पो थाहा भएपछि बेहाल जस्तै भएका छौं ।”

बाह्र वर्ष अघि तत्कालीन जिल्लाका नापी प्रमुख शैलेन्द्रकुमार नेपाली ९सुढी०नापी निरीक्षक राजेन्द्र मण्डल, अमिनी सत्यनारायण यादव र खरिदार तस्बीर श्रेष्ठको टोली गाउँमा आएका बेला सोही टोलीको लापर्बाहीका कारण अहिले आफ्नो जग्गा सडकमा परेको मोहनको गुनासो छ ।

केही महीना अघिमात्र आफ्नो घरजग्गा बिक्री गरेर गाईघाटमा सर्ने योजनासहित एक ग्राहकबाट जग्गा बिक्री गर्न पाँचलाख बैनाबट्टा गर्दा आफ्नो जग्गा त आधा किलोमिटर भन्दा परका गाईघाट कद्माहा सडक खण्डमा पो परेको रहेछ भनेर थाहा पाएको मोहन बताउनुहुन्छ । गोलेका छिमेकी कुमार थापा भन्नुहुन्छ,“कसरी आधाकिलोमिटर परको सडकको जग्गा यहाँ आफूहरुको गाउँको घरमा प¥यो, हामी सबै जना चकित भएका छौं ।”

आफ््नो जग्गा कर्मचारीको लापर्बाहीले सडकमा परेको थाहा पाएपछि निवेदन गरे पनि नापीका कर्मचारीले यो काम अब आफूहरूबाट नहुने हुँदा अन्य कानूनी उपाय खोेज्नु भनेकाले आफूहरु समस्यामा परेको परेको र कानुनी कारबाहीका लागि खर्चको जोहो गर्न पनि कठिन भएकाले र उठीवास हुने अवस्था आएको श्रीमती आशमाया बताउनुहुन्छ

जिल्ला मालपोत अधिकृत राजकुमार खड्का भन्नुहुन्छ, “गोले परिवारको जग्गा सडक भन्दा धेरै तल छ, कसरी सडकमा प¥यो, त्यसबखत नापी हुँदा कर्मचारीमबाट सामान्य त्रुटि हुन गएको देखिन्छ, अब आफूहरुले सच्याएर हुँदैन, कि त न्यायलय जानुपर्छ, वा मन्त्रिपरिषद्को निर्णयबाट मात्र यो समस्या समाधान हुन्छ ।कर्मचारीको सामान्य त्रुटिका कारण आज बगाहाका चार परिवारको थातथलो नै गुम्ने अवस्था आएपछि अहिले गोले परिवार न्याय खोज्दै भौतारिरहेका छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको