बुधबार, २८ कार्तिक २०७५, ०२ : ५३
शेयर बजारमा अनलाइन प्रणाली आजदेखि लागू हुने, घटेको बजार उकालो लाग्ने लगानीकर्तााको विश्वास
मङ्गलबार, २० कार्तिक २०७५

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेञ्ले आजदेखि अनलाइन प्रणालीलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने भएको छ ।

अनलाइन प्रणालीको उद्घाटनका लागि नेप्सेले अर्थमन्त्री डा युवराज खतिवडालाई प्रमुख अतिथि बनाएर कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रम मंगलबार होटल याक एण्ड यतिमा आयोजना गरिएको छ ।

लामो समयदेखि शेयर कारोबारलाई अनलाइन बनाउने लक्ष्यका साथ लगानीकर्ताले माग राख्दै आएका थिए । लगानीकर्ताको माग बमोजिम नै सरकारले अनलाइन कारोबार प्रणालीलाई लागू गर्न लागेको छ ।

शेयर बजार निरन्तर ओरालो लागिररहेको छ । लगानीकर्ताले दैनिक अबौं गुमाइरहेका छन् । पछिल्लो समयमा उत्कृष्ठ ठानिएका कम्पनीको बजार पूँजीकरण समेत ओरालो लागिरहेको छ ।  जसका कारण लगानीकर्तामा चरम निराशा समेत उत्पन्न भएको छ ।

 नेप्सेले लामो समयदेखि परिक्षण गरिरहेको सो अनलाइन प्रणाली सञ्चालनमा  आएपछि त्यसबाट प्रभावकारी रुपमा बजार व्यवस्थापन हुने विश्वास लिइएको छ ।

वाइको नेपालले तयार पारेको सो प्रणाली लागू भएपछि शेयर खरिद बिक्रीका लागि दलाल कम्पनी कहाँ शेयर लगानीकर्ता समेत जानु नपर्ने अवस्था आउने छ ।

लगानीकर्तालाई सहज सेवा दिने लक्ष्यका साथ अनलाइन प्रणाली सञ्चालनमा ल्याउन लागिएको हो ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved