Like us!
Follow us!
Connect us!
Watch us!

तिहार र छठको अवसरमा एन आईसी एशिया बैंकको अफर : तेस्रो कारोवार सित्तैमा

मंगलबार, २० कार्तिक २०७५, ११ : ५८ मा प्रकाशित

तिहार र छठको अवसरमा एन आईसी एशिया बैंकको अफर : तेस्रो कारोवार सित्तैमा

अर्थ संसार, काठमाडौं–  नीजि क्षेत्रको सवै भन्दा ठूलो बैंक  एन आईसी एशिया बैंकले तिहार र छठको अवसरमा आफ्ना ग्राहहरुलाई रेमिट्यान्समा अफलर ल्याएको छ ।

बैंकले अब ३ पटकको सट्टामा, मात्र हरेक २ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको हो ।

एन आई सी एशिया बैंकले तिहार र छठको अवसरलाई ध्यानमा राख्दै समस्त आदरणीय ग्राहक महानुभावहरुलाई नेपालभरी एक ठाउँबाट अर्को ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोवार सित्तैमा पठाउने छुट प्रदान गरेको छ ।

उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २६५ शाखा कार्यालयहरु, २९ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

यस सुविधा कात्र्तिक र मङ्सीर महिना सम्मको लागि लागू हुने छ । यो सुविधाबाट चाडपर्वहरुको समयमा ग्राहक महानुभावहरुले पैसा पठाउदा उच्चतम लाभान्वित हुने र झन्झट रहित तरीकाबाट ठूलो सञ्जाल भएको यस बैंक मार्फत सजिलै पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ । साथै यस योजना २०७५ साल कार्तिक १८ गते देखि २०७५ साल मङ्सीर २९ गते सम्म लागूहुने जनाएको छ ।

मुलुकभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकको वासलातको आकार रू। २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू। १६७ अर्ब तथा कर्जा रू। १४२ अर्ब पुगिसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको