Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस उपसभापतिमा विजय गच्छदार नियुक्त

मंगलबार, २० कार्तिक २०७५, १६ : ५३ मा प्रकाशित

कांग्रेस उपसभापतिमा विजय गच्छदार नियुक्त

अर्थ संसार, काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलका  उपनेता विजयकुमार गच्छदारलाई उपसभापति नियुक्त गरेका छन्।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले  सर्वसम्मत रूपमा गत चुनावअघि फोरम लोकतान्त्रिक पार्टी कांग्रेसमा मिसाएका गच्छदारलाई उपसभापति नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

‘उहाँलाई उपसभापति बनाउने राजनीतिक  निर्णय भएको छ, विधान संशोधनको कुरा महासमिति बैठकपछि टुंगो लगाइनेछ’ प्रवक्ता शर्माले भने।

कांग्रेस विधानअनुसार एक जना उपसभापति रहने  व्यवस्था छ। अहिले विमलेन्द्र निधि उपसभापति छन्। उपसभापति हुन निर्वाचित केन्द्रीय सदस्य हुनुपर्छ। गच्छदार आमन्त्रित केन्द्रीय सदस्य हुन्।

प्रवक्ता शर्माका अनुसार पार्टी एकताका बेला भएको सहमति अनुसार गच्छदारलाई उपसभापति नियुक्त गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको