Like us!
Follow us!
Connect us!
Watch us!

नागबेली लघुवित्तले गर्यो १६.११% लाभांशको प्रस्ताव

सोमबार, २६ कार्तिक २०७५, १४ : ०८ मा प्रकाशित

नागबेली लघुवित्तले गर्यो १६.११% लाभांशको प्रस्ताव

अर्थ संसार, काठमाडौं– नागबेली लघुवित्त वित्तीय संस्थाले लाभांशको प्रस्ताव गरेको छ । लघुवित्तको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई १६.६१ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस अघि  निश्कासन गरेको १ः१ को अनुपातका  हकप्रदले समेत पाउने गरी लाभांश प्रस्ताव गरिएको छ ।  लघुवित्तले गत साउन ४ गतेदेखि ७ लाख ६६ हजार ४६३ कित्ता हकप्रद जारी शेयर बिक्रीमा ल्याएको थियो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको अनुमतिपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको