Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तको शेयर किन्ने होइन ? आजदेखि लिलामीमा

मंगलबार, २७ कार्तिक २०७५, ०९ : १८ मा प्रकाशित

स्वरोजगार लघुवित्तको शेयर किन्ने होइन ? आजदेखि लिलामीमा

अर्थ संसार, काठमाडौं–स्वरोजगार लघुवित्त वित्तीय संस्थाले बोलकबोल प्रकृयाबाट लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरको मङ्गलवार (कात्तिक २७) देखि विक्री खुला हुने भएको छ ।

कम्पनीले सर्वसाधारण समूहतर्फको ११ हजार १ सय २९ दशमलव ०१ कित्ता शेयर लिलामीमा ल्याएको हो । यो लिलामी शेयरमा मङ्सिर ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

शेयरको न्यूनतम मूल्य रू। १ सय तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्ता वा सोभन्दा बढीको लागि १० अङ्कले भाग जाने गरी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको