Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति माइक्रोफाइनान्सले शेयरधनीलाई ४२.६३ % लाभांश दिने

मंगलबार, २७ कार्तिक २०७५, १२ : २४ मा प्रकाशित

उन्नति माइक्रोफाइनान्सले  शेयरधनीलाई ४२.६३ % लाभांश दिने

अर्थ संसार, काठमाडौं- उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ४२.६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले  ४०.५० प्रतिशत बोनस सेयर र २.१३ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
 
उक्त लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् । उन्नतिले २० प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले ५ः१ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

5bea72de49cb6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको