Like us!
Follow us!
Connect us!
Watch us!

सडकमा फेला पारेको ६० हजारको चेक फिर्ता

मंगलबार, २७ कार्तिक २०७५, १३ : ३२ मा प्रकाशित

सडकमा फेला पारेको ६० हजारको चेक फिर्ता

फेला परेको ६० हजारको चेक देखाउँदै प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल ।

मदनकृष्ण सिलवाल

अर्थ संसार, काठमाडौँ – राजधानीको सडकमा फेला परेको ६० हजारको चेक सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ ।

मंगलबार विहान मैतीदेवीबाट पुरानो बानेश्वर भीमसेनगोला पुल नजिकै यात्रुवाहक गाडीबाट उत्रेपछि तत्कालै ६० हजारको चेक प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत रामप्रसाद पोखरेलले भेटेका हुन् ।

पोखरेलले अफिस जाने क्रममा बाटोको फेला परेको सो चेक नं. ००३३६४२३७५ एभरेष्ट बैँक लिमिटेड बानेश्वर शाखा रहेको छ भने सो चेक नगेन्द्र मण्डलको नाममा नेपाल एक्प्रो प्राइभेट लिमिटेडले जारी गरेको छ ।अर्घाखाँची नगरपालिका वडा नं. ११ स्थानीय ठेगाना भएका पोखरेल हाल मैतिदेवी काठमाडौँमा बसोबास गर्दै आइरहेका छन् ।

उनले सो चेक फेला पारेपछि अफिसमा आएर टेलिफोन सोधपुछ शाखामा खबर गरी नागेन्द्र मण्डल र नेपाल इक्प्रो प्रा.लि.को सम्पर्क नम्बर पत्ता लगाएको पोखरेल बताउँछन् । अफिसका स्टाफलाई आफ्नो मोवाइल नम्बर टिपाई सम्बन्धित व्यक्तिलाई नगेन्द्र मण्डलको नाममा रहेको ६० हजारको चेक आफूले प्राप्त गरेको जानकारी दिएका थिए ।

नेपाल एक्प्रोका कार्यकारी निर्देशक नागेन्द्र महोतोसँग सम्पर्क गर्दा चेक भेटिएको भनी आफूलाई रामप्रसाद पोखरेल सरले फोन गर्नुभएकोमा खुशी व्यक्त गर्दै उनी भन्छन्– सुरुमा चेक हराउँदा म आत्तिएको थिएँ । एक्कासी पोखरेल सरको फोन आएपछि ढुक्क भएँ ।

तैपनि चेक रोक्का राखेको छु आइतवार आएर चेक लिन्छु भनेर पोखरेल सरलाई भनेको छु ।  आजकलका मानिसहरुमा स्वार्थीपन बढ्दै गइरहेको बेला इमान्दारिताका साथ भेटिएको चेक फिर्ता फोन गर्नु खुशीको कुरा हो, महतोले बताए ।  

समाजमा इमान्दारिताका खडेरी परिरहेको बेला पोखरेलको यो कदम तारिफयोग्य मान्न सकिन्छ । अहिले समाजमा पैसा भनेपछि मरिहत्ये गर्ने र पैसालाई नै सर्वेसर्वा ठानिरहेको बेला पोखरेलले आफ्नो इमान्दारितापन देखाएर सम्बन्धित व्यक्ति र संस्थालाई सम्पर्क गरी चेक हस्तान्तरण गर्ने कार्य प्रशंशनीय छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको