Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमइ बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको वित्तीय विवरण सार्वजनिक

मंगलबार, २७ कार्तिक २०७५, १५ : १३ मा प्रकाशित

ग्लोबल आइएमइ बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको वित्तीय विवरण सार्वजनिक

अर्थ संसार, काठमाडौँ– वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा आज ग्लोबल आइएमइ बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । चालू आवको पहिलो त्रैमासमा ग्लोबल आइएमइ बैंकले रु ५१ करोड ७६ लाख नाफा कमाएको छ ।

बैंकले यस अवधिमा ५२ दशमलव ४२ प्रतिशत नाफा बढाएको हो । गत आवको सोही अवधिमा बैंकले रु ३३ करोड ९६ लाख नाफा गरेको थियो ।बैंकले सो अवधिमा रु एक अर्ब २० करोड खुद ब्याज आम्दानी गरेको थियो । यस्तै बैंकले रु एक खर्ब ११ निक्षेप सङ्कलन गरेको छ । बैंकको ऋण लगानी १४ दशमलव ५५ प्रतिशतले बढेर रु ९९ अर्ब पुगेको छ । बैंकको चुक्ता पूँजी रु आठ अर्ब रहेको छ ।

यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालू आवको पहिलो तीन महीनामा रु ५८ करोड ४५ लाख नाफा गरेको छ । गत आवको सोही अवधिको तुलनामा यस वर्ष २४.०५ प्रतिशतले नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकले रु ४७ करोड १२ लाख नाफा कमाएको थियो । बैंकले सो अवधिमा रु ६५ अर्ब ४७ करोड निक्षेप सङ्कलन गरी रु ४८ अर्ब ३६ करोड ऋण लगानी गरेको छ ।

यो पनि पढ्नुहोेस्

शेयर बजार घट्नुको कारण : स्टकको नयाँ प्रणाली र लगानीकर्ताको मनोविज्ञान

८ कम्पनी ३ अर्बको हकप्रद शेयर आउँदै, कुनको कति ? 

उन्नति माइक्रोफाइनान्सले शेयरधनीलाई ४२.६३ % लाभांश दिने

स्वरोजगार लघुवित्तको शेयर किन्ने होइन ? आजदेखि लिलामीमा

नेपाली कामदारको हितमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, यस्ता छन् एजेण्डा 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको