Like us!
Follow us!
Connect us!
Watch us!

‘जात्रै जात्रा’ नबन्दै नाफामा जाने पक्का, अष्ट्रेलियामा प्रर्दशन गर्न ३५ लाख सम्झौता

बुधबार, २८ कार्तिक २०७५, १२ : १७ मा प्रकाशित

‘जात्रै जात्रा’ नबन्दै नाफामा जाने पक्का, अष्ट्रेलियामा प्रर्दशन गर्न ३५ लाख सम्झौता

अर्थ संसार, काठमाडौं- चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक भएसँगै विभिन्न देशमा प्रर्दशनका लागि सम्झौता हुन थालेको छ ।

चलचित्र बनि नसक्दै अष्ट्रेलियामा प्रर्दशन गर्नका लागि ३५ लाख रुपैँयामा सम्झौता भएको हो । होर होइन होला इभेन्ट र पप अप इन्टरटेन्मेन्टले ‘जात्रै जात्रा’ को सार्वजनिक टिजरमा दर्शकले दिएको उत्साहजनक प्रतिक्रिया र चलचित्र जात्राको रिर्पोट हेरेर जात्रै जात्रा अष्ट्रेलियामा प्रर्दशनका लागि सम्झौता गरिएको आयोजक मध्येका एक चिरन श्रेष्ठले जानकारी दिएका छन् ।

पहिलो फिल्मले दर्शकको मन जितेको र ‘जात्रै जात्रा’  को टिजरले पनि सकारात्मक प्रतिक्रिया पाएकाले चलचित्र प्रर्दशनका लागि ३५ लाख रुपैँया लगानी गरेको उनको भनाई छ ।

निर्माता  तथा कलाकार रबिन्द्र सिंह बानियाँका अनुसार अन्य देश हरुमा पनि प्रर्दशन सम्झौताका लागि कुरा भैरहेको बताएका छन् । यस्तै, ब्राण्डहरुसंगको सहकार्य र विदेश राईटको बिक्री आँकलन गर्दा हेर्दा फिल्मको छायाँकन नसकिँदै नाफामा जाने निर्देशक प्रदिप भट्टराईको दाबी छ । हाल अष्ट्रेलिया नेपाली फिल्मको लागि दोस्रो ठूलो प्रतिफल दिने देशमा गनिन्छ । त्यस पछिका देशहरुमा अमेरिका, बेलायत, कोरिया, हंगकंग र जापान रहेका छन् ।

 निर्देशक भट्टराईको अघिल्लो फिल्म जात्राले अष्ट्रेलियामा राम्रो दर्शक पाएको थियो भने पछिल्लो फिल्म शत्रुगतेले सिड्नीमा मात्र १७ शो  र  अष्ट्रेलिया भर ४० भन्दा  बढी हाउसफुल शोहरु गर्न सफल भएको थियो ।

षट्कोण आर्टस् प्रा लि को ब्यानर मा निर्मित जात्रै जात्रा यहि फागुन १७ गते देखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा रबिन्द्र सिंह बानियाँसँगै यादव पौडेल र सिंगे लामाको लगानी छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको