Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको नाफा ४० करोड

बुधबार, २८ कार्तिक २०७५, १४ : २३ मा प्रकाशित

मेगा बैंकको नाफा ४० करोड

अर्थ संसार, काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ४० करोड रुपैँया भन्दा बढी भएको छ ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद मुनाफा ४० करोड ४५ लाख रुपैँया कमाएको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको छ ।

बैंकको कूल निक्षेप अघिल्लो बर्षको तुलनामा २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ आश्विन मसान्तमा ६६ अर्ब ११ करोड रुपैँया पुगेको छ जुन ६६ प्रतिशतको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत रहेको छ ।

मेगा बैंक र साबिक टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडबीच २०७५ बैशाख ३० गते मर्जर भई संयुक्त कारोबार प्रारम्भ भएको थियो । मर्जरबाट निक्षेप १२ अर्ब ७३ करोडले र कर्जा प्रवाह १२ अर्ब ७५ करोडले वृद्धि भएको बैंकले जनाएको छ ।

मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्टेनशन काउन्टर, १११ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २ हजार ३ सय भन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

आजदेखि मध्यभोटेकोशीको आइपिओमा आवेदन खुल्ला, कहाँबाट आवेदन दिने ? 

लघुवित्त संस्थाको मनमरी : कृषि क्षेत्रलाई छाडी व्यापार तथा व्यवसायमा केन्द्रीत, लक्षित वर्ग मर्कामा

विश्व बैंकले १८ अर्ब ऋण दिने, पूल सुधार र पोषणमा खर्च गरिने

एभरेष्ट इन्स्योरेन्सको समायोजन मूल्य कति ? 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको