Like us!
Follow us!
Connect us!
Watch us!

विद्यार्थीलाई सेनेटरी प्याड वितरण

विहीबार, २९ कार्तिक २०७५, १४ : ३१ मा प्रकाशित

विद्यार्थीलाई सेनेटरी प्याड वितरण

अर्थ संसार, बेझाड, पाल्पा–पूर्वखोला गाउँपालिका पाल्पाले विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।

छात्रा महिनावारी भएका समय विद्यालय नआउने र बीचमै विद्यालय छाड्ने दरलाई कम गर्न सेनेटरी प्याड वितरण गरिएको हो । गाउँपालिकाको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण गरिएको छ । गाउँपालिकाभित्रका सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

महिनावारी भएका बखत छात्रा विद्यालय नजाने, बीचमै कक्षा छाड्ने दर बढ्न थालेपछि गाउँपालिकाले विद्यालयमा सेनेटरी प्याड वितरण गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुरले बताउनुभयो । विद्यालयमा वितरण गरिएको सेनेटरी प्याड महिला शिक्षकसँग छात्राले सम्पर्क राखी प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको