Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया बैंकको लोभ लाग्दो प्रगति, नाफा ५८ करोडमाथि

शुक्रबार, ३० कार्तिक २०७५, १४ : २५ मा प्रकाशित

एनआइसी एशिया बैंकको लोभ लाग्दो प्रगति,  नाफा ५८ करोडमाथि

अर्थ संसार, काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले  यस चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लोभलाग्दो प्रगति गरेको छ । बैंकले यस वर्षको पहिलो त्रैमाससम्म ५८ करोड २२ लाख बढी कमाउन सफल भएको छ । जुन गत वर्षको सोही अवधिमा २७ करोड ८६ लाख खुद नाफा कमाएको थियो ।

बैंकले खूद नाफा र संचालन मुनाफामा झनै ठूलो छलाङ मारेको छ । यस्तै, २७ करोड ८६ लाखमा सीमित खूद नाफा १७०.०९ प्रतिशतले बढी ७५ करोड २६ लाखको  उचाईमा पुगेको छ भने ३७ करोड ८२ लाखमा सीमित संचालन मुनाफामा १८१ प्रतिशतको हाराहारीमा वृद्धि भई १ अर्ब ६ करोड पुगेको छ ।

बैंक व्यवस्थापन शाखा बिस्तारसँगै व्यवसाय बिस्तारमा समेत आक्रामक बन्दै गएको देखिएको छ । यहीकारण खूद ब्याज आम्दानी अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा २१२.०७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ५९ करोड ६९ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर १ अर्ब ८६ करोडको उचाईमा पुगेको हो।

बैंकले समीक्षा अवधिमा १ खर्ब ६१ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३९ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो बैंकले निक्षेप करिब ५६ प्रतिशतले बढाएको छ भने कर्जातर्फ ६०.५५ प्रतिशतको फड्को मारेको छ ।

बैंकले रिजर्बकोषतर्फ पनि निकै राम्रो छलाङ मारेको छ । अघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब ३६ करोड रहेको कोषको आकार बढी ५ अर्ब ९ करोडको उचाईमा पुगेको छ ।

अधिकांश सूचकमा उत्साहजनक वृद्धि देखिए पनि खराब कर्जाको अनुपात भने बढेको छ । अघिल्लो वर्ष ०।०६ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर ०.२६ प्रतिशत पुगेको हो ।

समीक्षा अवधिमा यो बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि १७०.०९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १३ रुपैयाँ ८८ पैसा रहेको इपीएस बढेर ३७ रुपैयाँ ४९ पैसा पुगेको हो ।यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६३.४६ रुपैयाँ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको