Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टीको प्रस्तावित लाभांश : १६.३१% नगद र १० % बोनस शेयर, बुक क्लोज कहिले ?

शुक्रबार, ३० कार्तिक २०७५, १४ : ५४ मा प्रकाशित

सोल्टीको प्रस्तावित लाभांश : १६.३१% नगद र १० % बोनस शेयर, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्ष २०७४\०७५ मुनाफबाट आफ्ना शेयरधनीलाई नगद र बोनश लाभांश दिने प्रस्ताव अघि सारेको छ ।

कात्र्तिक २९ गते बसेको संचालक समितिको बैठकले चुक्ता पुँजीको १६.३१५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनश शेयर दिने प्रस्ताव अघि सारेको हो ।

उक्त लाभांश आगामि हुने वार्षिक साधारणसभाले पाति गरेपछि शेयरधनीले पाउनेछन् ।  त्यसै गरी कम्पनीले ४४ औं वार्षिक साधारणसभाको प्रयोजनको लागि मिति बुधबार २०७५ मंसिर २६ गतेदेखि विहीबा, २०७५ पौष २६ गतेसम्म अगाडी र पछाडीका दुवै दिन सहित जम्मा ३० दिनका लागि अर्थात ४४ साधारणसभा सम्पन्न नभएसम्म शेयरधनीको दर्ता किताव बन्द हुने भएको छ  ।

कम्पनीको ४४ वार्षिक साधारणसभा आगामी पौष २६ गते विहान ११ बजे नेपाल प्रज्ञा भवन प्रेक्षलय, कमदादी काठमाडौंमा हुनेछ ।

5bee8ad8ef8e1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको