Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बीमा कम्पनीको बीमा शुल्क आर्जन ५ अर्ब ४८ करोड

शुक्रबार, ३० कार्तिक २०७५, १५ : १७ मा प्रकाशित

नेपाल  बीमा कम्पनीको बीमा शुल्क आर्जन ५ अर्ब ४८ करोड

अर्थ संसार, काठमाडौं–  नेपाल बीमा कम्पनीले यस चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कमालको प्रगति गरेको छ । कम्पनीले यस बर्षको पहिलो त्रैमाससम्म ५ अर्ब ४८ करोड बीमा शुल्क आर्जन गरेको छ ।

जुन सोही अवधिमा गत वर्ष ३ अर्ब ८० करोड बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको भन्दा यस वर्ष बीमा शुल्क आर्जनमा ४४ प्रतिशतले बढाएको देखिन्छ ।

कम्पनीले प्रकाशित गरेको पहिलो त्रैमासको बित्तीय विवरण अनुसार कम्पनीले ६१ अर्ब भरपर्दो तथा सुरक्षित क्षेत्रमा लगानी गरेको छ, यो गत बर्षको पहिलो त्रैमासमा भन्दा २२ प्रतिशतले बढेको छ । कम्पनीको जीवन बीमा कोष ५४ अर्ब नाघेको छ ।

कम्पनीले पहिलो त्रैमासमा मात्रै दुई अर्ब ३५ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ । नेपाल लाईफले ११ लाख ८१ हजार बीमा लेख जारी गरी नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीको रुपमा आफुलाई निरन्तर अगाडि बढाएको छ ।

चार अर्ब ३९ करोड चुक्ता पूँजी रहेको कम्पनीले तीन अर्ब ६५ करोड जम्मा पारेको छ । गत बर्षको पहिलो त्रैमाससम्म १७ करोड खुद नाफा कमाएकोमा यस बर्ष त्यो २० करोड नाघेको छ । बीमांकीय मूल्यांकन हुँदा हिसाबमा फरक पर्नसक्ने छ । उसको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १७ पैसा रहेको देखाईएको छ । नेपाल लाईफसँग आब अर्ब भन्दा बढीको शेयरधनी कोष रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको