Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको शेयर किन्दै हुनुहुन्छ ? हेरौं, यो कम्पनी विश्लेषण

आइतबार, ०२ मंसिर २०७५, ०८ : ५१ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको शेयर किन्दै हुनुहुन्छ ? हेरौं, यो कम्पनी विश्लेषण

नेपाल राष्ट्र बैङ्कबाट ‘ख’वर्गको इजाजतप्राप्त मुक्तिनाथ विकास बैङ्कले सार्वजनिक गरेको आव २०७५/७६ को पहिलो त्रैमासमा रू. २० करोड ३ लाख नाफा कमाएको छ ।

यो नाफा गत आवको पहिलोे त्रैमासको तुलनामा ४७ दशमलव ९४ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको सोही अवधिमा रू. १३ करोड ५४ लाख नाफा कमाएको थियो ।

मुक्तिनाथ विकास बैङ्क : कम्पनी विश्लेषण (आइतवार, २ मङ्सिर २०७५) पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफा बढेको हो । सोही अवधिमा कम्पनीको चुक्तापूँजी २० प्रतिशतले बढेर रू. २ अर्ब ५९ करोड पुगेको छ भने रिजर्भ कोषमा रू. १ अर्ब १४ करोड छुट्याइएको छ ।

साथै, कम्पनीले २०७४/७५ को नाफाबाट १८ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी योजना नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै उत्पादनशील क्षेत्रमा व्यवसाय वृद्धि गर्दै जाने रहेको छ ।

कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीले असोज मसान्तसम्ममा रू. ३३ अर्ब २५ करोड निक्षेप सङ्कलन गरेको छ भने रू. २८ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ । गत आवको तुलनामा निक्षेप ७० प्रतिशत र कर्जा प्रवाह ७१ प्रतिशतले वृद्धि भएको हो । असोज मसान्तसम्ममा कम्पनीको लगानी रू. ८५ करोड ५ लाख छ ।

  • कम्पनीको खुद ब्याज आम्दानी रू. ४२ करोड ५७ लाख, कर्मचारी खर्च रू. १२ करोड ५२ लाख, अन्य सञ्चालन खर्च रू. ९ करोड ३४ लाख र सञ्चालन नाफा रू. ३१ करोड १७ लाख पुगेको छ । कम्पनीको स्थिर सम्पत्ति २२ प्रतिशतले बढेर रू. ५० करोड ३७ लाख पुगेको छ भने अन्य सम्पत्ति रू. १ अर्ब ११ करोड रहेको छ ।

  • कम्पनीले असोज मसान्तमा रू. १० लाख ४५ हजार खराब कर्जा उठाउन सफल भएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ०२ प्रतिशत पु¥याएको छ । सम्भावित जोखिमबापतको व्यवस्थामा रू. ५ करोड १५ लाख छुट्याएको छ । पूँजीकोष लागत ८ दशमलव ३३ प्रतिशत र पूँजीकोष पर्याप्तता १३ दशमलव ७२ प्रतिशत रहेको छ ।

  • कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तरलता अनुपात २४ दशमलव ७० प्रतिशत, प्रतिशेयर आम्दानी (वार्षिक) रू. ३० दशमलव ९३, मूल्य आम्दानी अनुपात (वार्षिक) १२ दशमलव ८१, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. १ हजार ५ सय ५३ दशमलव ४६ र प्रतिशेयर नेटवर्थ रू. १ सय ४४ दशमलव ५३१ रहेको छ । कम्पनीको बिहीवारको शेयरमूल्य रू. ४ सय ४ कायम भएको छ ।

  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति

 

 

  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००

 

 

  • खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो समयावधिमा ९ हजार २ सय ५७ कित्ता शेयर खरीद गर्ने माग र ५ हजार ५ सय ९२ कित्ता शेयर विक्री गर्ने माग रहेको छ ।

निष्कर्ष 
कम्पनीको ५७ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने/बढ्ने कुनै पनि निश्चित सङ्केत देखाउँदैन । आरएसआई न्युट्रल जोन ५५ दशमलव १७ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्याण्डर्ड डेभिएशन १ दशमलव ६२ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाबीच रहेको छ । बिहीवारको शेयर मूल्य रू. ४ सय ४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय ६ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सयमा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको