Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लघुवित्तको ३ लाख कित्ता IPO बिक्री खुल्ला

शुक्रबार, ३० कार्तिक २०७५, १६ : ४९ मा प्रकाशित

सामुदायिक लघुवित्तको ३ लाख कित्ता IPO बिक्री खुल्ला

अर्थ संसार, काठमाडौं –सामुदायिक लघुवित्तको ३ लाख कित्ता साधारण शेयर (आइपिओ) आइतबारदेखि बिक्री खुल्ला भएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सामुदायिकको आइपीओ मंसिर ५ गतेसम्म भर्न पाइनेछ । तोकिएको समयमा आवश्यक मात्रमा आवेदन नपरेमा भने पुस ९ गतेसम्म आवेदन दिन सकिने  बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले  जनाएको छ ।  लगानीकर्ताले नजिकको बैंकबाट सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ ।

संस्थाले निश्काशन गरेको आइपीओको कित्ता संख्यामध्ये (४ प्रतिशत)  १२ हजार कित्ता शेयर कर्मचारी र (५ प्रतिशत) १५ हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यसबाट बाँकी रहेको २ लाख ७३ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको छ ।

 सामुदायिकले आइपीओ बिक्री गरी चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्याउनेछ । कम्पनीले आव २०७५।७६ मा १ करोड ९० लाख, आव २०७६।७७ मा २ करोड ५५ लाख र आव २०७७।७८ मा ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको