Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बिमा कम्पनीको नाफा ५ करोडमाथि

आइतबार, ०२ मंसिर २०७५, ११ : ५५ मा प्रकाशित

राष्ट्रिय बिमा कम्पनीको नाफा ५ करोडमाथि

अर्थ संसार, काठमाडौं – राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको यही अवधिको तुलनामा खुद नाफा ५.८९५ ले वृद्धि गरेको हो । गत वर्ष यो इन्सुरेन्सको नाफा ४ करोड ८० लाख १६ हजार रुपैयाँ थियो ।
 
कम्पनीले ६ करोड ६७ लाख ८२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । पुनर्बिमा कमिसनबाट ८ करोड ८९ लाख ९६ हजार रुपैयाँ आम्दानी भएको छ । पहिलो त्रैमाससम्म कम्पनीले कुल २ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
 
राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । कम्पनीले गत वर्ष नै यो पुँजीमा १२०५ बोनस दिने घोषणा गरिसकेको भएपनि अझै पारित भएको भैन । यो बोनस पारित भएमा पुँजी ५८ करोड ६६ लाख रुपैयाँ पुग्नेछ । रिजर्भ कोषमा २ अर्ब ९ करोड ६० लाख ७७ हजार रुपैयाँ छ ।
 
यसैगरी, बिमा कोषमा पनि १ अर्ब ३७ करोड ७७ लाख ४६ हजार रुपैयाँ जम्मा भएको छ । राष्ट्रिय बिमा कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ७६ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ ८८६ रुपैयाँ ११ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको