Like us!
Follow us!
Connect us!
Watch us!

किन भयो अर्थ समितिको बैठक स्थगन ?

सोमबार, ०३ मंसिर २०७५, ११ : ४१ मा प्रकाशित

किन भयो अर्थ समितिको बैठक स्थगन ?

अर्थ संसार, काठमाडौँ– प्रतिनिधिसभा अर्थसमितिको आज बिहान ९ बजेका लागि निर्धारित बैठक सदस्यको न्यूनतम उपस्थित सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा पूँजीगत खर्च र गैरबजेटरी निकासाबारे छलफल हुने कार्यक्रम थियो ।

पच्चीस सदस्यीय समितिको उक्त बैठक सञ्चालनका लागि न्यूनतम १३ जना सांसद उपस्थित हुनुपर्नेमा ९ः३० बजेसम्म नौ जनामात्र उपस्थित भएपछि बैठक स्थगन भएको हो ।

बैठकमा सहभागी हुन अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीका साथै अन्य सरोकारवाला मन्त्रालयका सचिव र उच्चपदस्थ अधिकृत बिहान ९ बजेअघि नै उपस्थित भइसक्नुभएको थियो । न्यूनतम उपस्थित सङ्ख्या नपुगेर स्थगन भएपनि विशेष कारण परेकाले दिउँसो १ बजे बस्ने गरी बैठक स्थगन गर्नुपरेको सूचना समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको