Like us!
Follow us!
Connect us!
Watch us!

बजार थोरै अंकले बढ्यो, कारोबारमा केही बृद्धि

शुक्रबार, १४ असोज २०७३, १३ : ४३ मा प्रकाशित

बजार थोरै अंकले बढ्यो, कारोबारमा केही बृद्धि

अर्थ संसार
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ४.२८ अंकले बढेको छ भने कारोबार रकम पनि बढेको छ ।  केहीदिन यता अस्थिर रहेको बजार विहिबार केही बढेको छ भने ८१ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । बैंकिङ १२.८७ अंक, होटल ६।७७ अंक र उत्पादनमूलक क्षेत्र १८.१४ अंकले बढ्दा समग्र बजार बढेको हो । त्यस्तै यसदिन विकास बैंक १८.९८, जलविद्युत २।४४, फाइनान्स २.९७, विमा १९.८२ र अन्य २.३१ अंकले घटेको छ ।

बजारमा सवैभन्दा बढी कारोबार नेपाल बंगलादेश बैंकको ८ करोड ८७ लाख, सनराइज बैंकको चार करोड ३२ लाख र एभरेष्ट बैक तीन करोड ७९ लाख भएको छ । त्यस्तै यसदिन कमाउनेहरुमा बैंक अफ काठमाण्डू लुम्बिनी , ज्योति विकास बैक र कुमारी बैंकका लगानीकर्ताहरु रहेका छन् ।
त्यस्तै गुमाउनेहरुमा निर्धन उत्थान बैंक, एभरेष्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र छिमेकी लघुवित्त विकास बैंकका लगानीकर्ता रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको