Like us!
Follow us!
Connect us!
Watch us!

दुर्घटनामा एक जनाको मृत्यु

मंगलबार, ०४ मंसिर २०७५, ०९ : १३ मा प्रकाशित

दुर्घटनामा एक जनाको मृत्यु

अर्थ संसार, कावासोती– नवलपरासीको नवलपुरमा गए राति छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

गैँडाकोट नगरपालिका–४ मा ना२ह ५७५१ नं को अटोरिक्सा रोकिराखेको ना२ह ८८४ नं को अटोरिक्सासँग ठोक्किँदा लमजुङ सुन्दरबजारका ६० वर्षीया लुरी सार्कीको मृत्यु भएको हो । गम्भीर घाइते उहाँको उपचारको क्रममा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

यस्तै कवासोती– १५ बरौलीको भित्री सडक खण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् । लु४०प २३३३ नं को मोटरसाइकल र ना२३प ७८७१ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा कावासोती–१२ का २५ वर्षीय राज गुरौ, कावासोती–१४ का २१ वर्षीय समिल थापामगर, सोही ठाउँका २० वर्षीय वीरेन्द्र महतो र १९ वर्षीय बिवेक थनेत घाइते भएका हुन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको