Like us!
Follow us!
Connect us!
Watch us!

कलंकी–नागढुंगा क्षेत्रमा यस कारण हुँदैछ लोडसेडिङ

मंगलबार, ०४ मंसिर २०७५, ११ : ५६ मा प्रकाशित

कलंकी–नागढुंगा क्षेत्रमा यस कारण हुँदैछ लोडसेडिङ

अर्थ संसार, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले कलंकी नागढुंगा क्षेत्रमा आज पनि विद्युत् कटौती गर्ने भएको छ ।

कलंकी नागढुंगा सडक खण्ड को तीनथाना बस स्टप देखि तीनथाना वड़ा कार्यालयसम्मका  लाइन मर्मतका लागि स्युचाटार सबस्टेशन बाट संचालीत बलम्बु फिडर बाट आपूर्ति हुने विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकाअनुसार तीनथाना ,नैकाप ,सतुंगल लगायतका छेत्रमा आज बिहान ११  बजे देखि बेलुका ५ बजे सम्म बिद्युत् आपूर्ति अवरुद्ध हुने छ ।

तोकिएको समय भन्दा अगाडी कार्य सम्पन्न भएको अवस्थामा ५ बजे भन्दा अगावै लाइन सुचारु गर्न सकिनेछ ।  यसबाट ग्राहकबर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरणले क्षमा समेत मागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको