Like us!
Follow us!
Connect us!
Watch us!

आगलागीबाट रु एक करोड क्षति

मंगलबार, ०४ मंसिर २०७५, १८ : २७ मा प्रकाशित

आगलागीबाट रु एक करोड क्षति

अर्थ संसार, उर्लाबारी– मोरङको उर्लाबारी नगरपालिका–७ स्थित भक्तिराम अधिकारीको घरमा आज आगलागी हुँदा रु एक करोड ११ लाख बराबरको क्षति भएको छ ।

आगलागी हुँदा अधिकारीको काठले बनेको दुईतले घर र किराना पसल पूर्ण रुपमा जलेर नष्ट हुुँदा सो मूल्य बराबरको क्षति भएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक प्रकाश पराजुलीका अनुसार आगो लाग्नुको कारण खुल्न सकेको छैन । किराना पसलमा रु ७० लाखभन्दा बढीको लगानी रहेको र घरसमेत जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको पीडित अधिकारीले बताउनुभयो ।

आगोले छिमेकी अर्जुन न्यौपानेको घरमा पनि क्षति पुगेको छ । उहाँको रु एक लाख बराबरको क्षति भएको छ । घरमा रहेको ग्यास सिलिण्डर पड्किँदा आगो नियन्त्रणमा लिन नसक्दा अधिकारीको घर र पसल पूर्णरुपमा जलेर नष्ट भएको अनुमान गरिएको छ । दमक, बिर्तामोड, गौरादह, सुन्दरहरैँचा र इटहरीबाट आएका दमकल तथा स्थानीयवासीको प्रयासमा करीब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको