Like us!
Follow us!
Connect us!
Watch us!

विकु बचत तथा ऋण सहकारी संस्थाको मुनाफा १२ करोड

विहीबार, ०६ मंसिर २०७५, १३ : ५५ मा प्रकाशित

विकु बचत तथा ऋण सहकारी संस्थाको मुनाफा १२ करोड

अर्थ संसार, चितवन– दैनिक ५० पैसा बचत सङ्कलन गरी शुरु गरिएको गैँडाकोटको विकु बचत तथा ऋण सहकारी संस्थाले गत आवमा रु ११ करोड ८३ लाख नौ हजार ९६५ मुनाफा आर्जन गरेको छ । विसं २०४८ साल भदौमा २६ शेयरधनीबाट शुरु भएको सहकारीले गत वर्ष कूल पूँजी रु तीन अर्ब ५३ करोड पु¥याएको छ ।

संस्थाका अध्यक्ष केशव सापकोटाका अनुसार सहकारीले रु दुई अर्ब ५६ करोड लगानी गरेको छ । निक्षेप रु दुई अर्ब ६५ करोड सङ्कलन गरेको सहकारीमा शेयरपूँजी मात्रै ३१ करोड ५० लाख पुगेको उहाँले बताउनुभयो । संस्थामा ४५ हजार सदस्य छन् ।

मुख्य कार्यालय गैँडाकोटमा रहेको संस्थाका ११ वटा सेवा केन्द्र रहेका छन् ।सहकारीका मानव संसाधन विभाग प्रमुख रामप्रसाद भुषालका अनुसार विभिन्न कोषमा मात्रै रु २७ करोड २५ लाख १० हजार रहेको छ जसमध्ये जगेडा कोषमा १३ करोड ३५ लाख रहेको उहाँले बताउनुभयो ।

सहकारीले नेपालमै पहिलो पटक एटिएम सेवासमेत शुरु गरेको छ । भुषालका अनुसार सोही एटिएम कार्डबाट शेयरधनीले नेपाल, भारत र भूटानका बैंकहरुबाट पैसा निकाल्न सक्नेछन् ।

सहकारीले मिसकल, ट्याबलेट, स्मार्ट मोबाइल बैंकिङ, नगदरहित सेवा विस्तार गरिरहेको छ । अध्यक्ष सापकोटाका अनुसार जन्मदेखि मृत्युसम्म भन्ने नारालाई परिमार्जन गरी कोखदेखि चितासम्म भन्ने नारासाथ शेयरधनीलाई सेवा दिइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको