Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय रियालिटी शो ‘सारेगम’ मा जिताउन नेपाली चेली मेनुका पौडेलेलाई आर्थिक सहयोग

विहीबार, ०६ मंसिर २०७५, १४ : ०३ मा प्रकाशित

भारतीय रियालिटी शो  ‘सारेगम’ मा जिताउन नेपाली चेली  मेनुका पौडेलेलाई आर्थिक सहयोग

अर्थ संसार, बनियानी– भारतीय रियालिटी शो  ‘सारेगम’मा विजय गराउन झापा हल्दिबारी–४ की दृष्टिविहीन गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडासदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट रु ६१ हजार सङ्कलन गरी प्रदान गरिएको हो । पौडेलले गत वर्ष कान्तिपुर टेलिभिजनको नेपाल आइडलको टप ११ मा पर्न सफल हुनुभएको थियो ।

हाल गायिका पौडेल सारेगममा लाखौँ प्रतियोगीलाई पछि पार्दै टप १३ मा पर्नुभएको छ । प्रतियोगितामा क्षमतासँगै भोटिङ आवश्यक पर्ने भएकाले उहाँलाई जिताउन आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको वडासदस्य मेचेले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको