Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकबाट सामुदायिक अस्पताललाई एइडि मेशिन सहयोग

विहीबार, ०६ मंसिर २०७५, १५ : २६ मा प्रकाशित

मेगा बैंकबाट सामुदायिक अस्पताललाई एइडि मेशिन सहयोग

अर्थ संसार, काठमाडा–मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुङ्गाको सिद्धिचरणनगरपालिका वडा नंं. ११ मा रहेको युनाइटेड मिशन टु नेपाल (United Mission to Nepal) ओखलढुङ्गा सामदुायिक अस्पतालको लागि Automated External Defibrillator (AED) मेशिन हस्तान्तरण गरेको छ ।

मेशिन हस्तान्तरणको लागि केन्द्रबाट मेगा बैंककासहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ, डिपोजिट प्रमुखजेनु थापा तथा ओखलढुङ्गा शाखाका कर्मचारीहरु उक्त कार्यक्रममा सहभागी भएका थिए ।

मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले सो अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक टुक बहादुर श्रीमलाई सो उपकरण हस्तान्तरण गर्नु भएको थियो । सो कार्यक्रममा बोल्दै श्रेष्ठले ओखलढुङ्गा क्षेत्रमा मेगा बैंक बैंकिङ्ग कारोबारको लागि मात्र नभई त्यस क्षेत्रको समृद्घिको लागि पनि निरन्तर लागिरहने प्रतिबद्घता व्यक्त गर्नु भएको थियो ।

विभिन्न कारणबाट अत्यन्त नाजुक अवस्थामा अस्पताल पुर्याइएका बिरामीहरुको उपचारका क्रममा कृत्रिम श्वास प्रणालीबाट त्यस्ता बिरामीहरुकोमुटुको चालसंचालनमा ल्याई बिरामीहरुलाई पुनर्जीवन प्रदान गर्नसो उपकरणबाट महत्वपूर्ण सहयोग पुग्ने अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

लगानीकर्तालाई नेप्सेको जवाफ - ‘शेयर बजार बढ्ने अनलाइन प्रणालीले होइन, कम्पनीको वित्तीय अवस्था र सञ्चालकको छविले हो’

सामुदायिक लद्युवित्तको IPO मा ६०.५८ गुणाबढी आवेदन, पर्ने संभावना कति ?

आजको शेयरबजार : नेप्से र कारोबार दुवैमा गिरावट

जनता बैंकको संचालकमा मिना कुमारी नियुक्त

लक्ष्मी लद्युवित्त वित्तीय संस्थाको शेयरधनीको हातमा २६.३२% नगद लाभांश, बुक क्लोज कहिले ? 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको