Like us!
Follow us!
Connect us!
Watch us!

जुम्लामा जोडिदै प्राधिकरणको केन्द्रीय प्रसारण लाइन

शुक्रबार, ०७ मंसिर २०७५, १२ : ०६ मा प्रकाशित

जुम्लामा जोडिदै प्राधिकरणको केन्द्रीय प्रसारण लाइन

अर्थ संसार, जुम्ला– जुम्लामा आगामी दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारण लाइन जडान गरिने भएको छ ।

कोहलपुर हुँदै दैलेखको महाबु र कालिकोटको चिल्खायाबाट जुम्लाका लागि ३३ केभीको केन्द्रीय विद्युत् प्रसारण लाइन जडान गरिने नेपाल विद्युत् प्राधिकरणका शम्भुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

साना जलविद्युत् उपभोक्ता समिति जुम्लाले प्रसारण गर्दै आइरहेको विद्युत् सेवाका विषयमा आज चन्दननाथ नगरपालिकामा आज भएको छलफलमा प्राधिकरणका पौडेलले  जुम्लामा केन्द्रीय विद्युतीकरणमा जोड दिनुभयो । छलफलमा राजनीतिक दल, नागरिक समाज र स्थानीय तहका प्रतिनिधिको सहभागिता थियो ।

साना जलविद्युत् उपभोक्ता समितिसँग प्राधिकरणले गरेको १० वर्षे सम्झौताको समय अवधि समाप्त भएकाले पुनःनवीकरणका लागि निवेदनसमेत दिएको विद्युत् प्राधिकरणका खेम लम्सालले जानकारी दिनुभयो ।

पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डययन राज्यमन्त्री बलबहादुर महतले जुम्लाको सन्दर्भमा विद्युत्को ठूलो समस्या भएकाले पहिलो प्राथमिकतामा राखेर काम गरिदिन विद्युत् प्राधिकरणका टोलीसँग आग्रह गर्नुभयो ।

पूर्वसंसद देविलाल थापा र   चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले पर्याप्त विद्युत् प्रवाह नहुँदा सरकारी र गैरसरकारी कार्यालयका कर्मचारीको कामकाजमा समस्या भएको बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको