Like us!
Follow us!
Connect us!
Watch us!

देश विकासमा लाग्न काङ्ग्रेस नेता सिटौलाको आग्रह

शुक्रबार, ०७ मंसिर २०७५, २१ : १५ मा प्रकाशित

देश विकासमा लाग्न काङ्ग्रेस नेता सिटौलाको आग्रह

अर्थ संसार, इलाम– नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली जनताको वर्तमान सरकारबाट धेरै अपेक्षा रहेको बताउनुभएको छ ।

उहाँले जनताले जिताएर पठाएका प्रतिनिधिबाट धेरै अपेक्षा गरे पनि बितेको एक वर्षमा उल्लेखनीय काम नभएको भन्दै पत्रकारसँग दुःख व्यक्त गर्नुभयो ।

काङ्ग्रेसका पूर्वमहामन्त्री सिटौलाले सबै दलहरू मिलेर समस्या समाधान गरेकाले सबै एक भएर देश विकासमा लाग्न आग्रहसमेत गर्नुभयो । “सरकारले काम गरोस् । त्यसका लागि सघाउन हामी तत्पर छौँ,” सिटौलाले थप्नुभयो, “तर विपक्षी दलका नेताले समेत त्यसमा औँला ठड्याउन सक्नुपर्छ ।”

कार्यक्रममा १ नं प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रसिद्ध धार्मिकस्थल गजुरमुखीलाई प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य धीरेन शर्माले माङसेबुङ जस्तो पवित्र धार्मिक स्थललाई पर्यटकीय क्षेत्रका रूपमा घोषणा गर्नसमेत पहल गरिने जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको