Like us!
Follow us!
Connect us!
Watch us!

गर्भवती र सुत्केरीलाई अब निःशुल्क हवाई उद्धार सेवा

आइतबार, ०९ मंसिर २०७५, ०८ : १९ मा प्रकाशित

गर्भवती र सुत्केरीलाई अब निःशुल्क हवाई उद्धार सेवा

अर्थ संसार, काठमाठौं — ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् ।

सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट सुरु गर्न लागेको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ पारित गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको