Like us!
Follow us!
Connect us!
Watch us!

छुटाउनु होला हकप्रद ? बजारमा ४ कम्पनीको ३५ लाखबढी कित्ता हकप्रद शेयर

सोमबार, १० मंसिर २०७५, ०५ : २४ मा प्रकाशित

छुटाउनु होला हकप्रद ? बजारमा ४ कम्पनीको ३५ लाखबढी कित्ता हकप्रद शेयर

अर्थ संसार,काठमाडौं–शेयर बजारमा मंसिर महिनामा ४ वटा कम्पनीको ३५ लाख ४३ हजार ५७५ कित्ता हकप्रद शेयर बिक्री हुँदैछन् ।

४ वटा कम्पनीमध्ये १ वटा कम्पनी किसान माइक्रोफाइनन्स वित्तीय संस्थाको २ :१ को अनुपातमा अर्थात  २ लाख ४० हजार २५० कित्ता हकप्रद शेयर मंसिर २ गतेदेखि विक्री भईरहेको छ ।

आवेदन दिने अन्तिम पुष ८ तोकिएको यस कम्पनीको हकप्रद शेयरमा गत कात्र्तिक १३ गतेसम्मका शेयरधनीले आवेदन दिन पाउनेछन् । यस कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटलले गरिरहेको छ ।

त्यसै गरी मंसिर ११ गतेदेखि पुष १६ गतेसम्म महुली सामुदायिक लद्युवित्त वित्तीय संस्थाको २ : १ को अनुपातमा अर्थात ३ लाख कित्ता हकप्रद शेयर विक्री गर्ने भएको छ । गत कात्र्तिक २८ गते बुक क्लोज गरेको यस कम्पनीको हकप्रद शेयरमा सनराइज क्यापिट लिमिटेडलाई विक्री प्रबन्धको जिम्मा दिइएको छ ।

त्यसै गरी एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापकको लागि १ : १.०५ को अनुपातमा अर्थात १४ लाख ३ हजार ३२५ कित्ता हकप्रद शेयर मंसिर १६ गतेदेखि पुष २२ गतेसम्म विक्री गर्ने भएको छ । यसका लागि सिद्धार्थ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

त्यसै गरी १ :१ को अनुपातमा अर्थात १६ लाख कित्ता हकप्रद शेयर मंसिर २३ गतेदेखि पुष २९ गतेसम्म नाडेप लद्युवित्त वित्तीय संस्थाले विक्री गर्दैछ । हकप्रद शेयर विक्रीको लागि नबिल इन्भेष्टमेन्ट कैकिङ लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । मंसिर ७ गते बुक क्लोज गरेको थियो । 

हकप्रद निश्कासन कम्पनीहरु

5bfa69b99d86e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको